पोखरामा आइतबार बिहान विद्युत् आपूर्ति अवरुद्ध हुने

-


     क्लिक गण्डकी     
     जेठ २३ गते २०८३ मा प्रकाशित


नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र

पोखरा, २३ जेठ/ पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण ९अन्डरग्राउण्ड० आयोजना अन्तर्गत पोल हटाउने तथा सडक विस्तारको कार्य गरिने भएकाले आइतबार बिहान पोखराका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनका अनुसार पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकबाट हङकङ बजार जाने सडक क्षेत्रमा पोल हटाउने तथा सार्वजनिक जग्गा अतिक्रमण भएको स्थानमा सडक विस्तारको कामका लागि जेठ २४ गते आइतबार बिहान सटडाउन गरिनेछ।

यस क्रममा एयरपोर्ट फिडर र बैदाम फिडर अन्तर्गतका सम्पूर्ण क्षेत्रमा बिहान ८ बजेदेखि १०ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द रहने जनाइएको छ।

प्राधिकरणले विद्युत् अवरोधबाट ग्राहकहरूमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार सुचारु गरिने जनाएको छ।

पोखरामा आइतबार लाईन बन्द हुने बारे सूचना

पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तर्गत पोखरा ९, पृथ्वी चोक हङकङ बजार छिर्ने बाटोमा पोल हटाउन तथा पोखरा महानगरको सार्वजनिक जग्गा अतिक्रमण भएको स्थानमा सडक विस्तारको कार्य गर्न मिति २०८३-०२-२४ गते आइतबार बिहान सटडाउन गरि कार्य गरिने हुँदा सो फिडरबाट संचालित सम्पूर्ण स्थानहरूमा लाईन बन्द हुने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ ।

एयरपोर्ट फिडर : बिहान ८:०० देखि १०:३० बजे सम्म

बैदाम फिडर : बिहान ८:०० देखि १०:३० बजे सम्म

यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं। कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन सुचारु गरिने समेत अनुरोध छ।

नेपाल विद्युत प्राधिकरण

पोखरा वितरण केन्द्र

मालेपाटन