
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईले सेक्टेम्बर २३ देखी उडान गर्ने
पोखरा, २९ जेठ/ पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्ने गरि सेप्टेम्बर २३ देखि हुने पोखरा–दुबई उडानका लागि टिकट बुकिङ खुल्ला भएको हो । यसअघि यो रुटमा हवाई सेवा सञ्चालन गर्ने तय भएको थियो ।
प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट अनुमति थियो । २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ।
दुबईबाट पोखरा आउँदा यात्रुले कम्तिमा ४० हजार ६ सय ७८ रुपैयाँ भाडा तिर्नुपर्नेछ। त्यसैगरि पोखराबाट दुबई जाँदा भने यात्रुले ५७ हजार ४ सय ४४ रुपैयाँ भाडा तिर्नुपर्नेछ। ‘यो सुरुवाती चरणको हवाई भाडा हो। यसलाई प्रवद्र्धनात्मक उडानको रुपमा प्रयोग गरेर भाडादर घटाउने अनुरोध गरेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
फ्लाई दुबईले पनि यूएइबाट नेपालसम्मको लागि पहिलो व्यावसायिक उडान गर्न थालेको भनेको छ। पर्यटकीय सहरसम्मको पहुँच बिस्तार गर्न थालेको एयरलाइन्सले बताएको छ।
पहिलो चरणमा हरेक दिन यो रुटमा उडान हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। फ्लाई दुबईको बोइङ ७३७ जहाजले यो रुटमा उडान गर्नेछ। १ सय ६६ सिट क्षमताको यो जहाजले एकमहिनाका लागि सेड्यूल फ्लाईटको अनुमति दिएको उनको भनाई छ ।
हरेक दिन बेलुकी सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जहाज गर्नेछ र पोखराबाट बेलुकी सवा ७ बजे दुबईका लागि उडान भर्नेछ । पोखरा– दुबइको यो उडानको समय करिब साढे ४ देखी ५ घण्टा रहनेछ ।





