समाचार

पोखरा याम्दी खोलाको खोचमा घाइते अवस्थामा महिला फेला

पोखरा याम्दी खोलाको खोचमा घाइते अवस्थामा महिला फेला
पोखरा, १७ भदौ/ पोखरा महानगरपालिका–२५ हेम्जा चौरस्थित याम्दी नदीको भिरबाट महिला कराएको आवाज सुनिएपछि खोजीमा खटिएको प्रहरी टोलीले एक महिलालाई घाइते अवस्थामा उद्धार गरेको छ। खोजी गर्दै जाने क्रममा हेम्जा चौरबाट करिब ३०० मिटर तल याम्दी खोलाको भिरमा पोखरा–२५ बुद्धचोक बस्ने २२ वर्षीया देवी सुनार घाइते अवस्थामा फेला परेकी हुन्। प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ। उद्धार गरिएकी सुनारको ढाड तथा दुवै हातखुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले… पुरा पढौ

रेबान पोखराको सक्रियतामा राहत कोषमा १२ लाख २७ हजार बढी सहयोग

रेबान पोखराको सक्रियतामा राहत कोषमा १२ लाख २७ हजार बढी सहयोग
पोखरा, १६ भदौ/ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २७ हजार ७ सय ७६ रुपैयाँ सहयोग गरिएको छ । भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रेबान पोखरा सहित पोखराका विभिन्न होटल तथा रेस्टुरेन्ट व्यवसायीले उक्त रकम संकलन गरेका हुन् । संकलिन रकमको विवरण रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई बुझाए । रेबान पोखराले २१ वटा व्यवसाय तथा समूहबाट राहत कोषका लागि रकम प्रदान… पुरा पढौ

पोखरामा पहिचान नभएका शवको आजदेखि व्यवस्थापन गरिदै

पोखरामा एउटै शवमा तीन जनाको दावी
पोखरा, १६ भदौ /रसुवा बाढी पछि पोखरामा ल्याएर राखिएका पहिचान हुन नसकेका शव मंगलबारदेखि जमिनमुनि व्यवस्थापन गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले शव कुहिँदै गएको, लामो समयसम्म सुरक्षित राख्न सम्भव नरहेको र दुर्गन्धका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै शव व्यवस्थापन गर्ने निर्णय गरेको हो । रसुवाको भोटेकोशी नदिमा आएको बाढीले बगाएर विभिन्न जिल्लामा पु¥याएका १०२ शव पोखरा ल्याइएको थियो । तीमध्ये गोरखाबाट ११, धादिङबाट २७, पूर्वी नवलपरासीबाट ४१ र तनहुँबाट २३ शव पोखरा ल्याइएको… पुरा पढौ

भोटेकोशी बाढीप्रति नाट्टाको दुःख, पर्यटन क्षेत्रमा ठुलो क्षति

बाढीबाट भएको जनधनको क्षतिप्रति होटल संघ पोखराद्वारा दुःख व्यक्त
पोखरा, १५ भदौ /रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूली, धादिङ लगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले गहिरो दुःख व्यक्त गरेको छ । नाट्टाले बाढीका कारण पर्यटन क्षेत्रमा ठुलो धक्का लागेको जनाएको छ । नाट्टाले बाढीबाट प्रभावित नागरिक, पर्यटक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिहरूको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।… पुरा पढौ

पोखरामा एउटै शवमा तीन परिवारको दावी

पोखरामा एउटै शवमा तीन जनाको दावी
पोखरा, १४ भदौ /भोटेकोशी बाढीले बगाएर ल्याएका १ सय २ शव पोखरा ल्याएर स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । सबै शव सग्ला छैनन् । शवहरूको फोटो खिचेर डिस्प्लेमा राखेपछि सबैले त्यहीँबाट पहिचान गरेका हुन् । गोरखा, तनहुँ र पूर्वी नवलपरासीमा भेटिएका शव पोखरा ल्याइएको हो । केहीको हातमात्रै, केही खुट्टामात्रै छन् । धेरै शव सग्लो नभएका कारण पहिचानमा पनि मुस्किल भएको छ । एउटा शवमा त ३ परिवारले आफ्नो दाबी गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको शवको… पुरा पढौ

फेवातालमा काइकिङ गर्ने क्रममा बेपत्ता विदेशी पर्यटक भेटिए

फेवा नव बर्ष महोत्सवमा २० प्रतिशत सम्म छुट
पोखरा, १४ भदौ /पोखराको फेवातालमा काइकिङ गर्ने क्रममा बेपत्ता विदेशी पर्यटक फेला परेका छन् । काईकिङ गर्दै फेवातालको किनार किनार झाडीबाट खहरे स्थित प्रिडम होटलमा गई बसेको प्रहरीले फेला परेका छन् । बाराही मन्दिर पारी फेवातालमा शनिबार साँझ करिब ६ः४५ बजे काइकिङ गर्ने क्रममा विदेशी पर्यटक बेपत्ता भएका थिए । सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बोगटीको कमाण्डमा १० जना प्रहरी तथा सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुजितकुमार यादवको कमाण्डमा… पुरा पढौ

फेवातालमा काइकिङ गर्ने क्रममा विदेशी नागरिक बेपत्ता

फेवाताल
पोखरा, १३ भदौ/ पोखराको फेवातालमा काइकिङ गर्ने क्रममा एक विदेशी बेपत्ता भएका छन्। बाराही मन्दिर पारी फेवातालमा शनिबार साँझ करिब ६ः४५ बजे काइकिङ गर्ने क्रममा नामथर र वतन नखुलेका एक पुरुष विदेशी नागरिक बेपत्ता भएका छन् । सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बोगटीको कमाण्डमा १० जना प्रहरी तथा सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुजितकुमार यादवको कमाण्डमा १० जनाको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ। लगातारको वर्षा र साँझको समय… पुरा पढौ

पोखराको मुख्य सडकमै भेलले एकै परिवारका आमा र छोरीको मृत्यु

पोखराको मुख्य सडकमै भेलले एकै परिवारका आमा र छोरीको मृत्यु
पाेखरा,१३ भदौ / पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार (भदौ १२) साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७, हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३०, ढुंगेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीकाको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिइन् । दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा सुष्माको मृत्यु शुक्रबारै राति भएको थियो । उनकी छोरीको मृत्यु आज (भदौ १३) बिहान भएको प्रहरीले… पुरा पढौ

पोखरामा सडकको भेलले आमा–छोरीलाई बगायो

पोखरामा सडकको e]लले आमा–छोरीलाई बगायो
पोखरा, १२ भदौ/ पोखरा महानगरपालिका ७ मेयर हर्क चोकमा सडकको नालीबाट आएको भलले बगाउँदा आमा–छोरी घाइते भएका छन् । शुक्रबार करिब ४ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ जादै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर हर्कचोकमा साइड लगाएर झर्ने क्रममा सडक नालीको पानीको भलले लडाएको थियो । पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहाललाई बगाएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीले जनाएको छ । घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको… पुरा पढौ

ड्याडिज् किचनद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार सहयोग

ड्याडिज् किचनद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार सहयोग
पोखरा, ११ भदौ/ नेपालको चेन रेष्टुरेन्टका रूपमा रहेको ड्याडिज् किचनले बाढी तथा विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार सहयोग गरेको छ। रेष्टुरेन्टले विपद्का बेला पीडित परिवारलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। ड्याडिज् किचनले पोखरामा मात्रै चार स्थानबाट सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा समेत सेवा विस्तार गर्दै रेष्टुरेन्टले कुल २८ वटा आउटलेटमार्फत सेवा दिइरहेको सञ्चालक अशोक जंग कार्की… पुरा पढौ

This will close in 10 seconds