समाचार

पोखरामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

दुर्घटना
पोखरा, २७ असोज/ पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१, सिमपानी निवासी ३७ वर्षीया सरिता तामाङ रहेकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार साँझ पोखरा महानगरपालिका–२७, तालचोकमा बाटो काट्दै गरेकी तामाङलाई ग २० प ५९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक पोखरा महानगरपालिका–३०, शिशुवा निवासी… पुरा पढौ

पोखरा स्कुल बस दुर्घटनाः घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो, तीन जनाको अन्त्येष्टी

पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु
पोखरा, २५ असोज/ पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि कँडेलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत काठमाडौं लगिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौंको बिएन्डबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनीसहित १५ जना घाइते भएका थिए । ४ विद्यार्थी सहित ५ जनाको निधन भएको थियो । ज्यान गुमाएका ममता तिवारी, सुभेच्छा तिवारी र असिम कँडेलको आइतबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ । दुर्घटनापछि पीडित परिवारका तर्फबाट माझठानाबासीले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी निवेदन दिएपछि प्रहरीले… पुरा पढौ

फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनःनिर्माण पछि सञ्चालनमा

तालबाराही मन्दिर पोखरा तस्बिरः सञ्जय शाक्य
पोखरा, २५ असोज/ फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण सकिए सगँ आइतबार देखी सञ्चालमा आएको छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । पर्यटकीय राजधानी पोखरा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले पर्यटकलाई तान्ने गर्दछ । पुनः निर्माणमा करिब ४ वर्ष लागेको छ । २०७२ सालको भूकम्पका कारण भूइँतला सहित तीन तले मन्दिर तीन… पुरा पढौ

पोखराको लेकसाइडमा मिरक्याट पार्कः खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलो

पोखराको लेकसाइडमा मिरक्याट पार्कः खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलो
पोखरा, २५ असोज /पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलाको शुरुवात भएको छ । पर्यटन राजधानी पोखरा लेकसाइडको स्ट्रिट नम्बर १७ मा ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको हो । पोखराबाट सुरु भएको मिरक्याट इन नेपाल केन्द्रका रूपमा विकास गरिएको मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले जानकारी दिए । मिरक्याट पार्कमा खाना, कफी, वेलनेस, खेलकुद, संगीत, गेमिङ, सिर्जनशील गतिविधि तथा विभिन्न कार्यक्रमका लागि स्थान उपलब्ध छ । करिब ४ करोडको लगानीमा विभिन्न संरचनाहरु निमार्ण भएका छन् ।… पुरा पढौ

पोखरा बस दुर्घटनाः मृतकको शनिबार दाहासंस्कार हुन सकेन

पोखरा स्कुल बस दुर्घटनाः मृत्यु भएका चार जनाको पहिचान खुल्यो, को को घाइते सहित
पोखरा, २४ असोज/ पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको शनिबार दाहासंस्कार हुन सकेन । दुर्घटनामा परेर मृत्यु भएकाको क्षतिपुर्ति र दुर्घटनामा घाइते भएको उपचारको ज्ञारेन्टी माग्दै आफ्न्तले शव बुझ्न मानेका छैनन् । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए। दुर्घटनामा घाइते भएकाहरूको उपचार सुनिश्चितता माग गर्दै पीडित पक्षले यस्तो अडान लिएको हो। शनिबार विद्यालय व्यवस्थापन र आफ्न्तहरु बिच… पुरा पढौ

पोखरा स्कुल बस दुर्घटनाः घटनाको छानबिन गर्न महानगरले समिति गठन

पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु
पोखरा, २३ असोज/ पोखरा २८ मा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । पोखरा महानगर पालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् । पोखरा महानगरपालिका–२८ माझठाना सौरेबाट कालिकातर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस शुक्रबार दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने १५… पुरा पढौ

पोखरा स्कुल बस दुर्घटनाः मृत्यु भएका चार जनाको पहिचान खुल्यो (को को घाइते सहित)

पोखरा स्कुल बस दुर्घटनाः मृत्यु भएका चार जनाको पहिचान खुल्यो, को को घाइते सहित
पोखरा, २३ असोज/ पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये चार जनाको पहिचान खुलेको छ । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा चार विद्यार्थी सहित पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नविन कार्कीले जानकारी दिए । मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ बर्षकी सुबेच्छा तिवारी र बसमा सवार पोखरा–२८… पुरा पढौ

पोखरा स्कुल बस दुर्घटना, घाइते र मृतकको नाम खुल्यो

पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु
गण्डकी मेडिकल कलेज(GMC)मा उपचारत घाईतेहरु:-१.जिल्ला कास्की पोखरा म.न.पा. २८ सौर्य बस्ने बर्ष १६ कि सृष्टि तिवारी(कक्षा १० मा अध्यनरत)-टाउको, दाँया कुम, कम्मर र दाँया खुट्टामा चोट अवस्था मध्यम, बोल्न सक्ने२.ऐ.ऐ. २८ सौर्य बस्ने बर्ष १६ को शिसन थापा मगर(कक्षा १० मा अध्यनरत)-टाउको,ढाड र दुवै हातमा चोट, अबस्था मध्यम३. ऐ.ऐ. २८ डाडागाउ बस्ने बर्ष १६ को सौगात तिमिल्सिना(कक्षा १० मा अध्यनरत)-टाउको, ढाड र दुवै खुट्टामा चोट, अवस्था मध्यम । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचारत घाईतेहरु:-१.जिल्ला कास्की पोखरा म.न.पा. २८… पुरा पढौ

पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु

पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु
पोखरा, २३ असोज/ पोखरामा स्कुल बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो । दुर्घटनाग्रस्त बसमा २१ जना रहेको र तीमध्ये १९ जना विद्यार्थी थिए । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले कास्की प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिएका छन् । घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने… पुरा पढौ

पोखरामा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

पोखरा, २२ असोज/ पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ। अधेरीकुनास्थित एक घरको जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जनाको माटोको ढिस्को खसेर पुरिएका थिए। माटोमा पुरिएर घाइते भएका पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा साँझ ५ः०४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी गोरखाको पालुङटार नगरपालिका–७ पालुङटारका ३७ वर्षीय… पुरा पढौ