समाचार

‘अपरेसन ३६५’ अन्तर्गत पोखरामा थप ११ मोटरसाइकल नियन्त्रणमा

‘अपरेसन ३६५’ अन्तर्गत पोखरामा थप ११ मोटरसाइकल नियन्त्रणमा
पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट सञ्चालन भइरहेको ‘अपरेसन ३६५’ अभियान अन्तर्गत पोखरामा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। प्रहरीले २०८३ असोज १६ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले तालचोक क्षेत्रबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। त्यस्तै, वडा प्रहरी कार्यालय बैदामको टोलीले लेकसाइड तथा राष्ट्रबैंकचोक… पुरा पढौ

घरेलु मदिरा र राईड शेयरिङ सञ्चालनमा सहजीकरण गर्न संघ सरकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको आग्रह

घरेलु मदिरा र राईड शेयरिङ सञ्चालनमा सहजीकरण गर्न संघ सरकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको आग्रह
पोखरा, १७ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट गरी घरेलु मदिरा सम्बन्धी कानुन कार्यान्वयनमा संघीय अन्तःशुल्क सम्बन्धी व्यवस्था स्पष्ट नहुँदा समस्या देखिएको बताएका छन् । ‘प्रदेश सरकारले कानुन बनाएर कार्यान्वयनमा लैजान खोजेको छ । तर अन्तःशुल्कसम्बन्धी अधिकार संघ सरकारको भएकाले त्यस विषयमा स्पष्टता नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ,’ उनले । प्रदेश सरकारको कानुन कार्यान्वयनमा देखिएको अन्तःशुल्कसम्बन्धी समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिन पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग आग्रह गरे । यस्तै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले देशमै… पुरा पढौ

बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता

बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
पोखरा, १३ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी, पर्वतलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक तथा पुल लगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीय नागरिक र जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको छ । बागलुङ र म्याग्दीमा मुख्यमन्त्रीको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक भएको थियो। बाढीबाट भएको क्षति, हालको अवस्था तथा तत्काल गर्नुपर्ने कामका बारेमा छलफल भएको छ।… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले घर जोखिममा

स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु
पोखरा, १० असोज/ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ भोलडाँडामा अविरल वर्षाका कारण घरको आँगन र भान्सा कोठा भक्एिको छ । वर्ष ४० की रुपा विकको घरको आँगन तथा किचन कोठा भासिन गई किचनमुनि रहेको बाख्राको खोर भत्किँदा खोरमा रहेको बाख्राको पाठी मरेका छन् । घर जोखिममा परेपछि रुपा विकसहित पाँच जनाको परिवार नजिकै रहेको बहिनीको घरमा सारिएको छ । पुरा पढौ

पोखराको रामघाटमा सेती नदी थुनिएर ताल

पोखराको रामघाटमा सेती नदी थुनिएर ताल तस्बिर- सञ्जय शाक्य
पोखरा, १० असोज/ निरन्तर वर्षाका कारण पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ । वर्षाका कारण पोखरा ९ र १० मा पर्ने रामघाट क्षेत्रमा ताल बनेको हो । नदीको पानीको निकास हुने ठाउँमा साघुरो हुदाँ प्रत्येक वर्ष रामघाटमा ताल बन्ने गरेको छ । पोखरा मध्य भागबाट बग्ने सेती नदी रामघाटमा आउदा केही फराकीलो ठाउँ छ । त्यहाँ सेती नदी थुनिएर ताल बनेको छ । रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ ।… पुरा पढौ

नेपाल हवाई खेलकुद संस्था ‘ना’को अध्यक्षमा माधव तिवारी निर्वाचित (कसको कति मत?)

नेपाल हवाई खेलकुद संस्था ‘ना’को अध्यक्षमा माधव तिवारी निर्वाचित
पोखरा, ८ असोज/ नेपाल हवाई खेलकुद संस्था (ना) को बिहीबार पोखरामा सम्पन्न भएको २३ औँ साधारण सभा तथा ११औँ अधिवेशनले माधव तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । दुई बर्षे कार्यकालका लागि अध्यक्ष पदमा तिवारीले दुई अध्यक्षका प्रत्यासीलाई पछि पार्दै विजयी भए । अध्यक्ष तिवारीले १३६ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम् प्रतिस्पर्धी सानुबाबु सुनुवारले १२३ र खेमराज आचार्यले १४ मत प्राप्त गरे । निर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाईडिङलाई व्यबस्थित र मर्यादित पेशा बनाउन बिषेश भुमिका खेल्ने… पुरा पढौ

दुबई–पोखरा–दुबई उडान दोस्रो दिन पनि, यात्रु उत्साहजनक

दुबई–पोखरा–दुबई उडान दोस्रो दिन पनि, यात्रु उत्साहजनक
पोखरा, ८ असोज/ फ्लाई दुबईले बुधबार देखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । दोस्रो दिन पनि दुबई–पोखराबाट पोखरा आउने यात्रु १ सय २५ जना रहेको र पोखरा–दुबईका लागि १ सय ४५ जनाले यात्रा गरेका छन् । करिब तीन बर्षअघि संचालनमा आएको विमानस्थलबाट फ्लाई दुबईले, दुबई–पोखरा–दुबई रुटमा नियमित उडान थालेको हो । दुबईबाट पहिलो दिन १ सय १३ जना लिएर उडेको जहाज पोखराबाट १५२ जना यात्रु लिएर दुबई उडेको थियो । फ्लाई दुबईको ७३७ र म्याक्स ऐट, म्याक्स… पुरा पढौ

पोखरा फिर्केखोलाको खोलाघरभित्रका संरचना हटाउन ७ दिनको म्याद

फिर्केखोलामा डोजर अभियानबाट १०५ संरचनाहरु भत्काइए
पोखरा, ५ असोज/ पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका बाँकी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई ७ दिनको अन्तिम म्याद दिएको छ । महानगरले सोमबार सूचना जारी गर्दै अँधेरीकुना देखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका सबै संरचना हटाउन जारी गरेको छ । आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका केही व्यक्ति तथा संस्थाका संरचना भने अझै बाँकी छन् । यसअघि प्रकाशित सूचना बमोजिम हालसम्म संरचना नहटाएका व्यक्ति वा संस्थालाई ७ दिनभित्र अनिवार्य रूपमा संरचना हटाउन महानगरपालिकाले अन्तिम… पुरा पढौ

मन्त्रीले घुस मागेको आरोप, ३ सदस्यीय छानबिन समिति गठन

मन्त्रीले घुस मागेको आरोप, ३ सदस्यीय छानबिन समिति गठन
पोखरा, ४ असोज/ पोखराको नदिपुरमा रहेको पद्म नर्सिङ होमलाई ५० शय्याबाट सय शय्याको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन भएको आरोप सार्वजनिक भएपछि नेकपा एमाले गण्डकीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । एमाले गण्डकी प्रदेश सभा संसदीय दलले १५ दिनभित्र घटनाको तथ्य र सत्य छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेशसहित समिति गठन गरेको हो । दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा संसदीय दलका सदस्य तथा संसदीय बोर्ड सदस्य बेदबहादुर गुरुङ र एमाले गण्डकी प्रदेश… पुरा पढौ

पोखरामा बजार अनुगमन मोहित ट्रेडर्सलाई २ लाख जरिवाना

पोखरामा बजार अनुगमन मोहित ट्रेडर्सलाई २ लाख जरिवाना
पोखरा, ४ असोज/ जिल्ला अनुगमन समिति कास्कीले पोखरामा बजार अनुगमनलाई तिब्रता दिएको छ । अनुगमनका क्रममा पोखरा नयाँबजारको मोहित ट्रेडर्सलाई २ लाख जरिवाना गरेको छ । ट्रेडर्सले सरसफाइ नभएको, बजारबाट फिर्ता आएका सामानलाई पुर्न प्याक गर्ने गरेको पाइएपछि २ लाख रुपैया जरिवाना गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उपभोक्ताले गुनासो गरेपछि समितिको टोली बजार अनुगमनका लागि त्यहाँ पुगको थियो । त्यसै गरि समितिले शनिबार र आइतबार पोखराका विभिन्न पसल तथा स्टोरमा अनुगमन गरेको थियो । पुरा पढौ