
दुर्घटना
पोखरा, ७ कात्तिक/ पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ।
शनिबार साँझ तालचोकबाट पावरहाउसतर्फ जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट बाटो काट्दै गरेका शर्मालाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट घाइते भएका शर्मालाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक २१ वर्षीय रोजित गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







