समाचार

पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना

पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना
पोखरा, १९ असार/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा सञ्चालन बजार अनुगमनका क्रममा विभिन्न होटल, रेष्टुरेन्ट, चमेना गृह, किराना तथा खाद्य पसल गरी ११ वटा व्यवसायलाई कारबाही गरेको छ। अनुगमनका क्रममा खाद्य गुणस्तर, सरसफाइ, मूल्यसूची, व्यवसाय दर्ता तथा नवीकरण, लेबलिङ र म्याद गुज्रिएका सामग्री बिक्रीजस्ता विषयमा अनियमितता भेटिएपछि कारबाही गरिएको हो। असार १५ गते देखि १९ गतेसम्म पोखरा महानगरपालिकाका उपप्रमुख, स्थानीय जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका प्रतिनिधि… पुरा पढौ

पोखरामा बजार अनुगमनः ‘घीउ’ भनी बिक्री गर्ने जेनिसा केमिकल उद्योगलाई ५० हजार जरिवाना

पोखरामा बजार अनुगमन श्रीकृष्ण मारवाडीलाई ५० हजार जरिवाना
पोखरा, १९ असार/ पोखरा–१७, घारीपाटनस्थित जेनिसा केमिकल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पार्ने केमिकल प्रयोग गरी ‘घीउ’ भनी बजारमा बिक्री गर्दै आएको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको हो । बिहीबार जिल्ला अनुगमन समिति, कास्कीले उद्योगमा अनुगमन गरेको थियो । अनुगमन टोलीले उद्योगमा रहेका घीउजस्तो तीन÷चार कार्टुन फ्लेवरका डब्बाहरु नष्टसमेत गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उक्त उद्योगलाई तत्काल बिक्री वितरणमा रोक लगाउँदै उद्योग सञ्चालक रेशम सुबेदीलाई ७… पुरा पढौ

पोखराका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

पोखराका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
पोखरा, १९ असार/ कास्की प्रहरीले छुट्टाछुट्टै चार स्थानमा सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियानका क्रममा ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पहिलो घटनामा, असार १७ गते साँझ पोखरा महानगरपालिका–१० उत्तमचोक क्षेत्रमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले छापा मारेको थियो। सो क्रममा पोखरा–१० घर भई पोखरा–१५ मा रहेको… पुरा पढौ

पोखरामा ‘सप्राइज’ ट्राफिक चेकिङः गलत लेनमा सवारी चलाउने १२० चालक कारबाहीमा

पोखरामा विशेष चेकिङ, गलत साइडबाट सवारी चलाउने ५६ चालक कारबाहीमा
पोखरा, १७ असार/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले पोखराको अमरसिंह चोकस्थित पृथ्वी राजमार्ग सडकखण्डमा आकस्मिक ट्राफिक चेकिङ सञ्चालन गरेको छ। चेकिङका क्रममा गलत लेन (रङ साइड) प्रयोग गरी सवारी चलाइरहेका १२० जना चालकलाई प्रचलित ट्राफिक नियम अनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। ट्राफिक प्रहरीले लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सबै चालकलाई तोकिएको लेनमै सवारी सञ्चालन गर्न आग्रह गरेको छ। साथै, यस्ता आकस्मिक ट्राफिक… पुरा पढौ

पोखरामा विशेष चेकिङ, गलत साइडबाट सवारी चलाउने ५६ चालक कारबाहीमा

पोखरामा विशेष चेकिङ, गलत साइडबाट सवारी चलाउने ५६ चालक कारबाहीमा
पोखरा, १६ असार/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मंगलबार सञ्चालन गरेको पोखरामा विशेष ट्राफिक चेकिङ अभियानमा गलत साइडबाट सवारी चलाउने ५६ जना चालकलाई कारबाही गरेको छ। बढ्दो सवारी चापका बीच गलत लेन तथा गलत साइड प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी सडक सुरक्षा कायम गर्ने उद्देश्यले विशेष चेकिङ सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सही लेन प्रयोग गर्न तथा आफ्नो र अरूको सुरक्षालाई ध्यानमा राखेर सवारी सञ्चालन गर्न आग्रह गरेको छ। गलत साइडबाट… पुरा पढौ

पोखरामा बजार अनुगमन श्रीकृष्ण मारवाडीलाई ५० हजार जरिवाना

पोखरामा बजार अनुगमन श्रीकृष्ण मारवाडीलाई ५० हजार जरिवाना
पोखरा, १६ असार/ जिल्ला अनुगमन समिति कास्कीले लेकसाइडस्थित श्रीकृष्ण मारवाडी रेष्टुरेन्टलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । रेष्टुरेन्टको भान्छा सरसफाइ नभएको, व्यवसाय नवीकरण नगरेको, मदिरा बिक्रीको अनुमतिपत्र नलिइकन मदिरा बिक्री वितरण गरेको भेटिएपछि जरिवाना गरिएको जानकारी कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले दिए । उपभोक्ताले गुनासो गरेपछि समितिको टोली बजार अनुगमनका लागि रेष्टुरेन्टमा पुगेको थियो । रेष्टुरेन्टका सञ्चालक लालबाबु साहलाई ७ दिनभत्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ । रेष्टुरेन्टमा सरसफाइ… पुरा पढौ

बेनी जोमसोम सडकको महभिरमा पहिरो, पोखरा आउदै गरेको गाडी पुरिदा एक जनाको मृत्यु

पोखरा, १० असार/ बेनी जोमसोम सडकको महभिरमा पहिरो जादाँ गाडी सहित पुरिएर एक जनाको मृत्यु भएको छ । कोरला नाकाबाट भित्रिएको गाडी लिएर पोखरा लिएर आउदै गर्दा इभि गाडी सहित चालक पुरिएका थिए । गाडी चालक बिरगञ्ज महानगरपालिकाका अन्दाजी २३ वर्षीय सोहिल मियालाई पहिरोबाट निकाले अस्पताल लगिएको थियो । उनको बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

फेवातालमा माछा मार्नेक्रममा डुबेका युवकको मृत्यु

पोखरा, १० असार/ फेवातालमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् । मंगलबार साँझ करिब ५ः३० बजे फेवाताल अन्तर्गत पोखरा महानगरपालिका–१८ खपौदी क्षेत्रमा माछा मार्ने क्रममा पोखरा–९ नयाँबजार निवासी ३४ वर्षीय शंकर नेपाली तालमा डुबेर बेपत्ता भएका थिए। उनको शवलाई सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोलीले शव निकालेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नम्बर २४ गण कालिका कास्की मातहत रहेको फेवा वाच एण्ड रेस्क्यु टावरबाट खटिएको विपद् व्यवस्थापन टोलीले तत्काल खोजी… पुरा पढौ

होटल संघ पोखराका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन

रामप्रसाद खनाल
पोखरा, १० असार/ होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ । जाउँ है पोखरा अभियानको क्रममा पाल्पा पुग्दा आइतबार मश्तिष्कघात भई उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा बुधबार खनालको निधन भएको हो । मश्तिष्कघात भएर ढलेपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । त्याहाँ उपचार हुन नसकेपछि उनलाई भैरहवा लगिएको थियो । गोर्खा आरुघाटका ४१ वर्षीय खनालका श्रीमती र एक छोरी छन् । यस दुःखद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै होटल… पुरा पढौ

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अमरको शव फेला

पाैडी डुवेर
पोखरा, ९ असार/ फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति शव फेला पारेको हो । मृतक पोखरा महानगरपालिका १५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री हुन् । उनी साँझ ७ बजेतिर फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली फेवाताल पुगेको थियो । टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट… पुरा पढौ