समाचार

नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त

नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त
पोखरा, ३० असार/ नेपाल पर्यटन बोर्डको सदस्यमा सरकारले पाँच जनालाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार पोखराका होटल व्यवसायी सन्तोष पोखरेल सहित पाँच जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । पोखरेलसँगै आरोग्य पर्यटन क्षेत्रबाट डा सोविता श्रेष्ठ ढकाल, पर्यटन व्यवसायी पेम्बा शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष खुमबहादुर सुवेदी र आईटी तथा वेलनेस पर्यटन विज्ञ सृजना केसीलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ। नवनियुक्त सदस्य… पुरा पढौ

बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ

बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ
पोखरा, २९ असार/ बहुमूल्य क्रिस्टल रहेको भन्दै करोडौं रुपैयाँमा बिक्री हुने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–२८ निवासी दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तत्काल फुलाउने अद्भुत शक्तियुक्त बहुमूल्य क्रिस्टल रहेको भन्दै फोटो र भिडियोसमेत देखाएर विश्वास दिलाइएको थियो। उक्त क्रिस्टल बिक्री गर्दा अरबौं रुपैयाँ प्राप्त हुने प्रलोभनमा पारेर उनीबाट नगद १० लाख रुपैयाँ ठगी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपितहरूले… पुरा पढौ

पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ

पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ
पोखरा, २९ असार/ कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवास्थित क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट UP53EY7704 नम्बरको कार रोकी जाँच गर्दा कारको विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा डाइजापाम… पुरा पढौ

कास्कीको किम्रुङ खोलामा बाढी र पहिरो, पुल बगायो, ४० घर प्रभावित

कास्कीको किम्रुङ खोलामा बाढी र पहिरो, पुल बगायो, ४० घर प्रभावित
पोखरा, २७ असार/ वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी र पहिरो आएको छ । बाढीका कारण किम्रुङ खोलामा रहेको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् । किम्रुङ खोलाको पुल बगेपछि खोलापारि रहेको बस्तीसँग सम्पर्क टुटेको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । यस्तै, स्याउली बजार क्षेत्रमा रहेको ७ वटा होटलमा पनि पानी पसेको छ । त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको केसीले बताए । यता, मोदी खोलामा पानीको बहाव उच्च भएपछि बिरेठाँटी क्षेत्रका नागरिकलाई… पुरा पढौ

श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई, २ लाख २२ हजार २ सय २२ राशी

श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई, २ लाख २२ हजार २ सय २२ राशी
पोखरा, २७ असार/ श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठीको २१९ औं जन्मजयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८२ सो आश्रमलाई अर्पण गर्न लागिएको जानकारी दिइएको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । छनौट समितिको सिफारिसमा मानव सेवामा समर्पित सो आश्रमलाई पुरस्कार प्रदान… पुरा पढौ

पोखराको सेदीबाट अनलाइन सट्टेबाजी गराउने ८ जना पक्राउ, २० करोडको कारोबार

पोखराको सेदीबाट अनलाइन सट्टेबाजी गराउने ८ जना पक्राउ, २० करोडको कारोबार
पोखरा, २६ असार/ पोखराको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय जीवन श्रेष्ठको घरमा छापा मारेको थियो । सफ्टवेयरको काम गर्ने भन्दै ७ वटा कोठा भाडामा लिएर उनीहरूले अनलाइन गेम र सट्टेबाजी (बेटिङ) गराइरहेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई रंगेहात समातेको हो । प्रहरीले बरामद गरेका ३ वटा कम्प्युटरका सिटहरूमा ठूलो… पुरा पढौ

गण्डकीमा गाँजा खेती गर्न पाइने, प्रदेश सभाबाट पारित भयो विधेयक

गण्डकीमा गाँजा खेती गर्न पाइने, प्रदेश सभाबाट पारित भयो विधेयक
पोखरा, २५ असार/ गण्डकी प्रदेशले गाँजा खेतीलाई वैधानिकता पाएको छ । प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक बिहीबार सर्वसम्मत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो । सरकारले संसद्मा दर्ता गराएको मूल विधेयकलाई प्रदेश सभाको अर्थ तथा विकास समितिले लामो छलफल र परिमार्जन सहित संशोधन प्रतिवेदन सभामा पेस गरेको थियो । सोही संशोधनसहितको विधेयक बिहीबारको बैठकबाट पारित भएको हो । अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी खेतीको अनुमति लिन सकिने छ । यसका… पुरा पढौ

महानगरकै ठूलो जलविद्युतः सेतीखोला हाईड्रोपावरबाट विद्युत उत्पादन

महानगरकै ठूलो जलविद्युतः सेतीखोला हाईड्रोपावरबाट (२२ मेगावाट) विद्युत उत्पादन
पोखरा, २४ असार/ पोखरा महानगरपालिकाभित्रको सबैभन्दा ठूलो जलविद्युत परियोजनाबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । पोखरा ३३ मुसेटुँडास्थित सेतीखोला हाईड्रोपावर लिमिटेडको २२ मेगावाट जलविद्युत परियोजनाले सोमबारदेखि उत्पादन शुरु गरेको हो । सोमबार नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन र नियमनसँगै मिटरमा शिलबन्दी गरेपछि उत्पादन शुरु गरिएको हो । परियोजनाको औपचारिक उदघाटन भने आगामी शुक्रबार गरिने लिमिटेडले जनाएको छ । गत मंसिरमा सम्पन्न गर्ने योजनासहित काम अघि बढेपनि केही प्राविधिक कारणले विद्युत उत्पादनमा ढिलाई भएको कम्पनीले जनाएको छ । टावर… पुरा पढौ

कास्कीमा बजार अनुगमन, भण्डारी रेष्टुरेन्टलाई ५० हजार जरिवाना

पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना
पोखरा, २२ असार/ जिल्ला अनुगमन समिति, कास्कीको टोलीले अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित हाम्रो भण्डारी रेष्टुरेण्ट एण्ड खाजाघरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। टोलीले अनुगमन गर्दा सरसफाइमा नभएको, मूल्यसूची नराखिएको, नापतौलका सामग्री नवीकरण नगरेको, जथाभावी फोहोर फालेको पाइएपछि जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । भूपि शेरचन राजमार्गअन्तर्गत अन्नपूर्ण–२, ढिकुरपोखरीमा रहेको रेष्टुरेण्टमा खाना तथा खाजा खानेहरुको भीड लाग्ने गरेको भएता पनि सरसफाइ नभएकाले कारबाही गर्नुपरेको बरालले बताए । रेष्टुरेन्टका संचालक मनहरि भण्डारीलाई एक हप्ताभित्र व्यवसायसम्बन्धी सम्पूर्ण… पुरा पढौ

पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना

पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना
पोखरा, १९ असार/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा सञ्चालन बजार अनुगमनका क्रममा विभिन्न होटल, रेष्टुरेन्ट, चमेना गृह, किराना तथा खाद्य पसल गरी ११ वटा व्यवसायलाई कारबाही गरेको छ। अनुगमनका क्रममा खाद्य गुणस्तर, सरसफाइ, मूल्यसूची, व्यवसाय दर्ता तथा नवीकरण, लेबलिङ र म्याद गुज्रिएका सामग्री बिक्रीजस्ता विषयमा अनियमितता भेटिएपछि कारबाही गरिएको हो। असार १५ गते देखि १९ गतेसम्म पोखरा महानगरपालिकाका उपप्रमुख, स्थानीय जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका प्रतिनिधि… पुरा पढौ