समाचार

पोखरा आसपास भएर मध्येरातमा भूकम्पको महसुस

भूकम्प
पोखरा, ३ भदौ/ पोखरा आसपासको क्षेत्रमा भएर गएराती भूकम्पको धक्का महसुस गरिएको छ । पोखरादेखि करिब ३० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर मंगलबार राति ४ म्याग्निच्युडको भूकम्प गएको छ। युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले राति भूकम्प राति १ बजेर ४४ मिनेट जादा गएको हो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण कुनै ठूलो क्षति भएको जानकारी प्राप्त भएको छैन। भूकम्प धक्का गएपछि केही राति नै उठेका थिए । राष्ट्रिय भूकम्प मापन… पुरा पढौ

पोखरामा जुवातास खेल्दै गरेका ६ जना पक्राउ

जुवा तास
पोखरा, २ भदौ/ कास्की प्रहरीले पोखरा महानगरपालिका–५ बरालचोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले भदौ १ गते साँझ करिब ६ बजे जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद ५६ हजार ८ सय ३० तथा ५२ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न… पुरा पढौ

पोखराको बिजयपुर खोलामा बगेर २ बेपात्त, बेपत्ता हुने निक्सन र यमनको खोजी जारी

पोखराको बिजयपुर खोलामा बगेर २ बेपात्त, बेपत्ता हुने निक्सन र यमनको खोजी जारी
पोखरा, ३१ साउन/ पोखरा बिजयपुर खोलाले बगाएर दुई जना बालक बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका थिए । बालकहरु साथीहरु मिलेर खोलापारी गएको र फर्किने क्रममा उनीहरुलाई बगाए प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो करीब १ बजेतिर खोला तर्ने क्रममा पोखरा–१४ छिनेडाँडाका १६ वर्षिय निक्सन गुरुङ र पोखरा–१४ चाउथेका १५ वर्षिय यमन राईलाई खोलाले बगाएर बेपत्ता बनाउको हो । उनीहरुको आइतबार पनि खोजी भइरहेको छ । गुरुङ… पुरा पढौ

पोखराको काठेसाँघु वा साँघुकोमुख कसरी भयो महेन्द्रपुल

पोखराको काठेसाँघु वा साँघुकोमुख कसरी भयो महेन्द्रपुल तस्बिर- सामाजिक सञ्जाल
पोखराको इतिहाससँग जोडिएको यो तस्बिर महेन्द्रपुलको पुरानो स्वरूप हो। अहिले महेन्द्रपुल र रानीपौवा जोड्ने स्थानलाई पहिले काठेसाँघु वा साँघुकोमुख भनेर चिनिन्थ्यो। त्यतिबेला वारपार गर्न काठको साँघु तर्नुपर्ने भएकाले यस क्षेत्रको नाम नै त्यसैबाट रहन गएको हो। वि.सं. २०१४/१५ सालतिर के।आई। सिंहको नेतृत्वमा पुल निर्माणको पहल भएपछि तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्च नगेन्द्रबहादुर रायमाझी र वडाहाकिम भूदेव राई को सल्लाहमा तत्कालीन राजा महेन्द्रको नाममा पुल निर्माण गर्ने निर्णय गरिएको थियो। पुल निर्माणको ठेक्का कृतिबहादुर केसीले पाएका थिए। करिब तीन दशकसम्म पोखरेलीको… पुरा पढौ

पोखराको विजयपुर खोला तर्ने क्रममा दुई बालक बगेर बेपत्ता

खानेपानी नियमित गर्न होटल संघको माग
पोखरा, ३० साउन/ पोखरा महानगरपालिका–२६, सक्नेरी स्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुई बालक बगेर बेपत्ता भएका छन् । शनिबार दिउँसो करिब १ बजे पोखरा–२६ कै विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरी तर्फ आउने क्रममा करिब १४÷१५ वर्ष उमेरका दुई बालकलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता बालकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । टोलीले विजयपुर खोलामा बेपत्ता बालकको खोजी गर्नुका साथै घटनाबारे थप जानकारी संकलन गरिरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त भएपछि… पुरा पढौ

कास्कीको मोदीखोलाले मन्दिर र दुईवटा पुल बगायो, घान्दुक, अन्नूर्ण क्षेत्र जाने सडकमार्ग अवरुद्ध

कास्कीको मोदीखोलाले मन्दिर र दुईवटा पुल बगायो, घान्दुक, अन्नूर्ण क्षेत्र जाने सडकमार्ग अवरुद्ध
पोखरा, २९ साउन/ अविरल वर्षासँगै मोदीखोलाको बहाव बढेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ मा दुईवटा पुल र मन्दिर बगाएको छ । अन्नपूर्ण गाउंपालिका वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदीखोलाले बगाएको हो । सो ठाउँको दुईवटा पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए । पर्वत र कास्की जोड्ने तथा मन्दिर आवतजावत गर्ने मेटल पुल खोलाले बगाएको हो । मन्दिर परिसरमा ३ जना मानिस अलपत्र परेपछि शसस्त्र प्रहरीले… पुरा पढौ

पोखराको पृथ्वीचोकमा ‘पोखरा घर’

पोखराको पृथ्वीचोकमा ‘पोखरा घर’
पोखरा, २९ साउन/ पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’को औपचारिक उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, र उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा घरको समुद्घाटन गरे । यो घरमा कोसेली घर समेत सहित पुस्तकालय, कला लगाएतका भवनमा रहने छन् । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा… पुरा पढौ

लेकसाइडमा हुने रात्रिकालीन् होहल्ला र ध्वनि प्रदूषण नियन्त्रण गर्न माग

लेकसाइडमा हुने रात्रिकालीन् होहल्ला र ध्वनि प्रदूषण नियन्त्रण गर्न माग
पोखरा, २८ साउन/ पर्यटकीय क्षेत्र लेकसाइडमा रातको समयमा हुने होहल्ला र ध्वनि प्रदूषण नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् । लेकसाइडमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने थाले पछि होहल्ला र ध्वनि प्रदूषण बढाएको भन्दै स्थानीयबासीले रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरे । उनीहरूले रातभर व्यवसाय सञ्चालन गर्न ४२ बुँदे आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नु पर्ने उनीहरुको भनाई छ । जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा नागरीकले राति कालिन व्यवसायमा ४२ बुँदे… पुरा पढौ

भदौमा ११ दिन सार्वजनिक बिदा, लगातार ३ दिन ३ पल्ट

भदौमा ११ दिन सार्वजनिक बिदा, लगातार ३ दिन ३ पल्ट
पोखरा, २६ साउन/ भदौ महिनामा शनिबार र आइतबारको नियमित बिदासहित ११ दिन सार्वजनिक बिदा परेको छ। नियमित बाहेक ३ दिन सार्वजनिक बिदाका कारण तीनपटक लगातार ३ दिन सरकारी बिदा रहेको छ । भदौ १२ गते जनैपूर्णिमा छ। त्यसपछि भदौ १३ र १४ गते क्रमशः शनिबार र आइतबारको नियमित बिदा रहेको छ। त्यस्तै, भदौ १९ गते कृष्ण जन्माष्टमी र २० र २१ गते शनिबार र आइतबार छ । त्यसैगरी, भदौ २७ र २८ गते शनिबार र आइतबारसँगै भोलिपल्ट २९ गते हरितालिका… पुरा पढौ

पोखरामा ब्राउन सुगरसहित दुई जना पक्राउ

पोखरामा ब्राउन सुगरसहित दुई जना पक्राउ
पोखरा, २६ साउन/ कास्की प्रहरीले पोखराका छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर ९खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–८ अन्नपूर्ण मार्गमा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–८ अन्नपूर्ण मार्गमा डेरामा बस्दै आएका ४३ वर्षीय रामप्रसाद आचार्य रहेका छन्। प्रहरीका अनुसार उनको डेराकोठाबाट डिजिटल तराजुले तौल गर्दा ६ ग्राम ब्राउन… पुरा पढौ