समाचार

कास्की मालपोतका पूर्वप्रमुखसहित ६ जनालाई कैद र जरिवाना

मालपोत कार्यालय कास्की
पोखरा, ९ असार/ पोखरा २६ मा रहेको अमर ज्योती माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी बनाइ हिनामिना गरेको अभियोगमा विशेष अदालतले ६ जनालाई दोषी ठहर गरेको छ । कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहितका व्यक्तिहरुलाई अदालतले जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त राजल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार निर्णय गरेको हो । दोषी ठहर हुनेहरुमा कास्की मालपोतका पूर्वप्रमुख अधिकारीसहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल,… पुरा पढौ

पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, एक जना गम्भीर घाइते

पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, एक जना गम्भीर घाइते
पोखरा, ८ असार/ पोखरा महानगरपालिका–६ बुलौदीको ओरालोमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्। राति करिब ११ः२० बजे हल्लनचोकबाट जिरोतर्फ जाँदै गरेको ग ९ प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बागमाराका २३ वर्षीय बिबस मल्ल ठकुरीको मृत्यु भएको छ । टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा… पुरा पढौ

पोखरामा झ्याल–ढोका नाप्ने बहानामा घरभित्र पस्दै सुन र नगद चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ

पोखरामा झ्याल–ढोका नाप्ने बहानामा घरभित्र पस्दै सुन र नगद चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
पोखरा, ७ असार/ पोखरा महानगरपालिका–१५ मेरिगोल्डस्थित मनिसा थापाको घरमा झ्याल–ढोका नाप्ने बहानामा प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न दुई जना प्रतिवादी पक्राउ परेका छन्। जेठ २४ गते दिउँसो घरमा बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति “झ्याल–ढोका बनाउन नाप्न आएको” भन्दै घरभित्र प्रवेश गरेका थिए। त्यसपछि कोठाको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद १३ हजार रुपैयाँ चोरी भएको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले प्राविधिक अनुसन्धानका… पुरा पढौ

पोखरामा ‘अप्रेशन ३६५’ जारी, थप २३ मोडिफाइड मोटरसाइकल नियन्त्रणमा

पोखरामा ‘अप्रेशन ३६५’ जारी, थप २३ मोडिफाइड मोटरसाइकल नियन्त्रणमा
पोखरा, ५ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेशन ३६५’ अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप २३ वटा मोडिफाइड मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बुधबार राति गरिएको विशेष चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरिएका सवारी साधनहरू नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनमध्ये वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले ४ वटा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले हालसम्म… पुरा पढौ

पोखरामा सासूमाथि चक्कु प्रहार गर्ने ज्वाइँलाई म्याद थप

पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ
पोखरा, ४ असार/ पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक एक महिलामाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार अपराह्न करिब ४ः११ बजे लेनदेनको विषयलाई लिएर भएको विवादका क्रममा पोखरा–२८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटामा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका आफ्नै ज्वाइँले चक्कु प्रहार गरेका थिए। घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइते तिवारीलाई उपचारका लागि तत्काल नोबेल अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रेफर… पुरा पढौ

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी भयो – एसपी कार्की

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी भयो – एसपी कार्की
पोखरा, ४ असार/ पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपि नबिन कार्कीले बताएका छन् । शान्ति सुरक्षा सम्बन्धी अन्तक्रिया तथा नागरि सुनुवाई कार्यक्रममा एसपि कार्कीले पछिल्लो समय पोखरामा भएका ठुलाचोरीहरुमा काठमाडौंबाट चोरहरु आएको बताए । नुवारथोक टोलविकास सस्था पोखरा ७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका पोखरा ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको बताएका थिए । एसपी कार्कीले… पुरा पढौ

पोखरामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

जुवा तास
पोखरा, ४ असार/ कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ नयाँ एयरपोर्ट क्षेत्रबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो करिब ४ बजे जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ९ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ९१ हजार ५३५ रुपैयाँ र १ हजार ८३ वटा तासका पत्ती बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि “सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर” अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दा… पुरा पढौ

पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ

पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ
पोखरा, ३ असार/ पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक लेनदेन सम्बन्धी विवादका क्रममा एक महिला माथि चक्कु प्रहार भएको छ । बुधबार करिब चार बजे पछि पोखरा–२८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटा बस्दै आएकी ४७ वर्षीया मुना तिवारी माथि उनका ज्वाइँ ४३ वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । अधिकारीको स्थायी घर लमजुङको मध्यनेपाल नगरपालिका–२ रहेको छ । चक्कु प्रहारबाट घाइते तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ । उनलाई उपचारका लागि पोखरा–१७ स्थित नोबेल अस्पताल… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्ट्राचार आरोपमा पूर्वमहानिर्देशक सञ्जीव गौतम कारागार चलान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, ३ असार/ विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । मंगलबार न्यायाधीशहरु नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतम सहित तत्कालीन निर्देशक प्रदीप अधिकारी लगायत विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले गौतममाथि आर्थिक अनियमिततामा संलग्न भएको दाबी गर्दै ६ करोड ७३ लाख ९९ हजार… पुरा पढौ

पोखराको लेखनाथमा टिपरको ठक्करबाट एक जनाको निधन

पोखराको लेखनाथमा टिपरको ठक्करबाट एक जनाको निधन
पोखरा, १ असार/ पोखरामा सोमबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ । मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं १ का ५३ वर्षीय बिष्णुबहादुर खत्री रहेका छन्। प्रहरीका अनुसार पोखरा–२७ डाँडाकोनाक अगाडि सो दुर्घटना भएको हो । विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्वरको टिप्परले विपरित दिशातर्फ आउँदै गरेको खत्रीले चलाएको बा८०प ३५३० नम्वरको मोटरसाइकललाई बिहान ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले… पुरा पढौ