समाचार

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्क विहीन

मर्दी ट्रेकिङ गएका स्वीडेनी पर्यटक सम्पर्कविहीन
पोखरा, २० साउन/ कास्कीको मर्दी हिमाल पदयात्रामा गएका पोखराका ३ जना युवक जंगलमा बाटो विराए हराएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट उनीहरु सम्पर्कविहीन भएका हुन् । पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा थिए । त्यसपछि मोबाइल अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन । युवकहरु हराएको सूचना बिहान ११ बजे प्राप्त भएपछि… पुरा पढौ

कुवेतमा मिसाइल आक्रमणमा नेपालले ज्यान गुमाए, शव नेपाल आइपुग्यो

पोखरा, १७ साउन/ कुवेतमा मिसाइल आक्रमणमा परि एक नेपालले ज्यान गुमाएका छन् । कुवेतमा भएको मिसाइल आक्रमणमा परी नेपाली कामदार सोमकुमार तामाङको ज्यान गएको हो । उनको पार्थिव शरीर आइतबार बिहान नेपाल आइपुगेको छ । ४४ वर्षीय तामाङको शव कुवेत एयरवेजको उडान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । तेह्रथुम जिल्लाका तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए । गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल प्रहार हुँदा उनको मृत्यु भएको थियो । पश्चिम एसियामा… पुरा पढौ

पोखराका दुई प्रहरी कार्यालयका प्रमुख फेरिए, रामबजारमा पहिलो महिलाको नेतृत्व

पोखरा, १६ साउन/ पोखराका दुई महत्वपूर्ण प्रहरी कार्यालयका प्रमुख परिवर्तन भएका छन् । सरुवासँगै वडा प्रहरी कार्यालय रामबजारले पहिलो पटक महिला नेतृत्व पाउने भएको छ। वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नमराज भट्टराई प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएका छन्। उनको स्थानमा डीएसपी सूर्यबहादुर बोगटी आउने भएका छन्। त्यसैगरी वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको काज सरुवा भएको छ। उनको स्थानमा प्रहरी निरीक्षक सरिता मगरलाई जिम्मेवारी दिइएको छ। रामबजार प्रहरी कार्यालयको पहिलो पटक महिला प्रहरी अधिकृतले नेतृत्व… पुरा पढौ

अनेरास्ववियु कास्कीको अध्यक्षमा भोलानाथ पराजुली (एलेक्स)

अनेरास्ववियु कास्कीको अध्यक्षमा झोलानाथ पराजुली
पोखरा, १५ साउन/ अनेरास्ववियु कास्कीको अध्यक्षमा भोलानाथ पराजुली (एलेक्स) निर्वाचीत भएका छन् । अनेरास्ववियु कास्कीको २४ औं जिल्ला अधिबेसनले पराजुलीको अध्यक्षतामा १७ सदस्य नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा तीन जना विजय अधिकारी, सुर्दशन तामाङ, एलिसा भट्टराई निर्वाचीत भए । सचिबमा धर्मराज आचार्य (शेखर) र कोषाध्यक्षमा विवेक लामिछाने निर्वाचीत भए । तीन जना सहसचिबमा दिपेश पौडेल, नर्मता दाहाल र राजेन्द्र आचार्य निर्वाचीत भएका छन् । समितिको सदस्यहरुमा पुकार पौडेल, आरती भण्डारी, अग्रसर लामिछाने, आषिश पाण्डे, सिद्धान्त बोटे, विजल… पुरा पढौ

पोखराका जुस पसल अनुगमनः तीन वटालाई ५०/५० हजार जरिवाना

पोखराका जुस पसल अनुगमनः तीन वटालाई ५० /५० हजार जरिवाना
पोखरा, १५ साउन/ जिल्ला अनुगमन समिति, कास्कीले बिहीबार पोखराको राष्ट्र बैंक चोक र शहीद चोकका विभिन्न ७ वटा जुस पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा एकदुई वटा बाहेक सबैजसो जुस पसलमा सरसफाइ नभएको, व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, नापतौल दर्ता नगरेको पाइएको छ । तीमध्ये राष्ट्र बैंक चोकका २ वटा र शहीदचोकको एउटा जुस पसललाई ५०/५० हजार रुपैयाँ दरले जरिवाना गरिएको छ । हन्ड्रेस प्रसेन्ट फ्रेस जुस सेन्टर, जुस बक्स पोखरा र रव जुस पोखरालाई ५०/५० हजार रुपैयाँ जरिवाना… पुरा पढौ

पोखराको गुप्तेश्वर गुफामा एक वर्षमा १० लाख पर्यटक, ७ करोड आम्दानी

गुप्तेश्वर महादेव गुफा
पोखरा, १४ साउन/ पोखरा धार्मिक एंव पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफामा एक वर्षमा नै १० लाख भन्दा बढी पर्यटकहरुले अवलोकन गरेका छन् । पोखरा १७ छोरेपाटनमा रहेको गुप्नेश्वर गुफामा स्वादेशी तथा विदेशी गरी १० लाख भन्दा बढि पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८२/८३ मा १० लाख ६७ हजार ५ सय ६४ जनाले गुफाको भ्रमण गरेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिका सहलेखापाल युवराज थापा पराजुलीले जानकारी दिए । यो अघिल्लो आर्थिक वर्षको भन्दा २ लाख ७१ हजार ३९ जना पर्यटक बढि… पुरा पढौ

पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल

पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल
पोखरा, १२ साउन/ गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ । क्युआर कोर्ड स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र जिसीले क्युआर कोर्डको उद्घाटन गरे । यसले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित… पुरा पढौ

पोखरामा बजार अनुगमनः फ्रेस जुस सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना

पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
पोखरा, १२ साउन/ पोखरा महानगरपालिकाको बैदाममा सञ्चालित फ्रेस जुस सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा सेन्टरलाई कारबाही भएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालको नेतृत्वमा मंगलबार पसलको निरीक्षण गरिएको थियो । टोलीले पसलमा अत्यधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला पारेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम स्ट्रिट नम्बर १० मा रहेको पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो । अनुगमनका… पुरा पढौ

कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ

कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
पोखरा, १० साउन/ कास्की प्रहरीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ९ गते दिउँसो करिब ४ः३० बजे माछापुच्छ्रे गाउँपालिका–१ टुसेस्थित सुरेश परियारको घरमा अवैध घरेलु हतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरमा डेरा गरी बस्दै आएका म्याग्दी मंगला गाउँपालिका–१ स्थायी घर भएका हाल पोखरा महानगरपालिका–१ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभा मकालु गाउँपालिका–३ स्थायी घर भएका हाल माछापुच्छ्रे… पुरा पढौ

पोखरामा जुवातास खेल्दै गरेका ५ जना पक्राउ, ७७ हजार बढी नगद बरामद

जुवा तास
पोखरा, ९ साउन/ कास्की प्रहरीले पोखरा महानगरपालिका–५ पर्स्याङबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ करिब ७ बजे पर्स्याङको एक घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। प्रहरीले जुवातास खेल्ने तथा खेलाउने ५ जनालाई ७७ हजार १ सय ४५ नगद र ४१६ पत्ति तास सहित नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका माथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र… पुरा पढौ