समाचार

पोखरामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृ*त्यु

दुर्घटना
पोखरा, २६ साउन/ पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको ज्यान गएको छ । पोखरा–२५ हेम्जा म्याग्दीचोक स्थित पोखरा–बागलुङ सडकखण्डमा ग१४प २५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय १६ वर्षीय अनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक म्याग्दीको धौलागिरी–२ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेका छ । उनको अवस्था मध्यम रहेको छ । प्रहरीले घाइते चालक र पछाडि सवार… पुरा पढौ

पोखरामा जुवातास खेल्ने–खेलाउने ११ जना पक्राउ

जुवा तास
पोखरा, २६ साउन/ पोखरा महानगरपालिका–३२ घारीबाट जुवातास खेल्ने तथा खेलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ करिब ६ः१५ बजे घारी क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा जुवातास खेल्ने–खेलाउने ११ जनालाई नगद ९२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पक्राउ परेकाहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न… पुरा पढौ

पोखरा–८ मा मध्यराति तीन जना चोरले ढोका फोरेपछि ……

पोखरा–८ मा मध्यराति तीन जना चोरीले ढोका फोरेपछि
पोखरा, २६ साउन/ पोखरा महानगरपालिका–८, जाल्पा मन्दिर नजिकै भारती मार्गमा मध्यराति चोरीको प्रयास भएको छ। घरमा कोही नभएको मौका छोपेर तीन जना व्यक्तिले घरमा प्रवेश गरी चोरी गर्न खोजे पछि छिमेकील थाहा पाएका थिए । स्थानीय शान्ति सिग्देलका अनुसार मंगलबार बिहान करिब १ः३० बजेतिर तीन जना व्यक्ति घरमा प्रवेश गरेका थिए। उनीहरूले घरको ढोका फुटाउएर चोरी प्रयास गर्दा छिमेकीले गतिविधि थाहा पाएपछि चोरीको प्रयास असफल भएको हो। घटनाबारे थाहा पाएपछि छिमेकीको घरमा भाडामा बस्नेले थाहा पाएका थिए । त्यसपछि बाहिर… पुरा पढौ

कास्कीका ३ स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा

पोखरामा उत्सवका रुपमा ट्होंटे पर्व तस्बिरः सञ्जय शाक्य
पोखरा, २५ साउन/ कास्कीका तीन स्थानीय तहले तमु जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् । कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा बिदा दिइएको हो । गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका हुन् । स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिएका हुन् । गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन्… पुरा पढौ

पोखरा जुवातास खेल्ने–खेलाउने थप १२ जना पक्राउ

जुवा तास
पोखरा, २४ साउन/ कास्कीको पोखरा महानगरपालिका–३१ भाटामुलमा जुवातास खेल्ने तथा खेलाउने १२ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार २०८३ साल साउन २३ गते दिउँसो करिब ३ः५५ बजे भाटामुल क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले जुवातास खेल्ने तथा खेलाउने १२ जनालाई नगद ३१ हजार ७ सय ६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। त्यसै गरी पोखरा–१७ ड्यामसाइडबाट जुवातास खेल्ने तथा खेलाउने ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार… पुरा पढौ

पोखरामा जुवातास खेल्ने–खेलाउने ६ जना पक्राउ

जुवा तास
पोखरा, २४ साउन/ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–१७ ड्यामसाइडबाट जुवातास खेल्ने तथा खेलाउने ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः३० बजे ड्यामसाइड क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो। टोलीले जुवातास खेल्ने तथा खेलाउने ६ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नेपाली नगद २८ हजार ७० रुपैयाँ, भारतीय नगद २ हजार ५ सय रुपैयाँ तथा १५६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

पोखरामा सुनको सिक्री चोरी गर्दै गर्दा एक युवा रङ्गेहात पक्राउ

पोखरामा सुनको सिक्री चोरी गर्दै गर्दा एक युवा रङ्गेहात पक्राउ
पोखरा, २४ साउन/ पोखराको छिनेडाँडा हाटबजारमा एक महिलाको सुनको सिक्री चोरी गर्दै गर्दा एक युवा रङ्गेहात पक्राउ परेका छन्। शनिबार दिउँसो छिनेडाँडाको हाटबजारमा एक महिलाको करिब ६ तोलाको सुनको सिक्री चोरी गर्दै गर्दा ती युवा पक्राउ परेका हुन्। हाटबजारमा भीडभाडको मौका छोपेर महिलाको घाँटीमा रहेको सुनको सिक्री निकाल्ने प्रयास गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। घटनापछि हाटबजार क्षेत्रमा केही समय भीडसमेत जम्मा भएको थियो। पक्राउ परेका युवालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ। पुरा पढौ

ग्यासको कालोबजारी नियन्त्रण गर्न अनेरास्ववियुको माग

ग्यासको कालोबजारी नियन्त्रण गर्न अनेरास्ववियुको माग
पोखरा, २१ साउन/ अनेरास्ववियु कास्कीले खाना पकाउने एलपी ग्यासको नियमित, सहज आपुर्तिको व्यवस्था गर्न जिल्ला प्रशासन समक्ष माग गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउदै युनियनले कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले ग्यासको भण्डारण गर्ने तथा कालोबजारी गर्ने व्यक्ति तथा संस्थालाई अनुगमान गरी कारवाहीको माग गरेको हो । अव्यवस्थित वितरण प्रणाली, कृत्रिम अभाव, कालोबजारी तथा प्रभावकारी बजार अनुगमनको अभावका कारण उपभोक्ता समस्यामा परेको अनेरास्ववियु कास्कीका अध्यक्ष भोलानाथ पराजुली (एलेक्स भोला) ले दाबी गरे । उनले… पुरा पढौ

मर्दी पदयात्राबाट हराएका तीनजनाको सकुशल उद्धार

मर्दी पदयात्राबाट हराएका तीनजनाको सकुशल उद्धार
पोखरा, २१ साउन/ मर्दी पदयात्रामा गएर सम्पर्कविहीन भएका पोखराका तीनै जनालाई शसस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरिएको छ । उनीहरूलाई छोमरोङ नजिकै मोदी खोलाबाट उद्धार गरिएको हो । मर्दी पदमार्ग स्थित बादलडाँडाबाट हराएका उनीहरू २ दिनसम्म सम्पर्कमा थिएनन् । तीनै तहका सुरक्षा निकायको सक्रियतामा बिहीबार बिहान डोरीको साहेताबाट खोलाबाट पारी ल्याइ उद्धार गरिएको प्रहरीले जनाएको छ । तीनैजनालाई आवश्यक स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरीको भनाई छ । पुरा पढौ

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्क विहीन

मर्दी ट्रेकिङ गएका स्वीडेनी पर्यटक सम्पर्कविहीन
पोखरा, २० साउन/ कास्कीको मर्दी हिमाल पदयात्रामा गएका पोखराका ३ जना युवक जंगलमा बाटो विराए हराएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट उनीहरु सम्पर्कविहीन भएका हुन् । पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा थिए । त्यसपछि मोबाइल अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन । युवकहरु हराएको सूचना बिहान ११ बजे प्राप्त भएपछि… पुरा पढौ