फेवातालमा काइकिङ गर्ने क्रममा विदेशी नागरिक बेपत्ता

-


     क्लिक गण्डकी     
     भाद्र १३ गते २०८३ मा प्रकाशित


फेवाताल

फेवाताल

पोखरा, १३ भदौ/ पोखराको फेवातालमा काइकिङ गर्ने क्रममा एक विदेशी बेपत्ता भएका छन्। बाराही मन्दिर पारी फेवातालमा शनिबार साँझ करिब ६ः४५ बजे काइकिङ गर्ने क्रममा नामथर र वतन नखुलेका एक पुरुष विदेशी नागरिक बेपत्ता भएका छन् ।

सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बोगटीको कमाण्डमा १० जना प्रहरी तथा सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुजितकुमार यादवको कमाण्डमा १० जनाको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।

लगातारको वर्षा र साँझको समय भएकाले खोजी तथा उद्धार कार्यमा चुनौती देखिएको छ।



This will close in 10 seconds