![पोखरामा सडकको e]लले आमा–छोरीलाई बगायो](https://clickgandaki.com/wp-content/uploads/2026/08/nani-ma.jpg)
पोखरामा सडकको e]लले आमा–छोरीलाई बगायो
पोखरा, १२ भदौ/ पोखरा महानगरपालिका ७ मेयर हर्क चोकमा सडकको नालीबाट आएको भलले बगाउँदा आमा–छोरी घाइते भएका छन् ।
शुक्रबार करिब ४ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ जादै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर हर्कचोकमा साइड लगाएर झर्ने क्रममा सडक नालीको पानीको भलले लडाएको थियो ।
पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहाललाई बगाएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीले जनाएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको टोली घटनास्थलमा पुगेको थियो । स्थानीयको सहयोगमा उनीहरूलाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट करिब १६ः२३ बजे उद्धार गरिएको हो ।
उद्धारपछि दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । दुवैको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।





