समाचार

पोखरामा असिना पानी, कास्कीकोटमा ठुलो क्षती

पोखरामा असिना पानी, किसान मर्कामा
पोखरा, १२ जेठ/ पोखरामा असिना पानी परेको छ । लहरे बाली लागेका किसारलाई असिना पानीले प्रभावीत बताएको छ । पोखरामा सोमबार सबै क्षेत्रमा वर्षा भएको छ भने कतै ठुलो मात्रामा असिना पानी समेत परेको छ । असिनाले लहरे बाली र मकैमा ठुलो क्षती पुगेको छ । पोखरा २२, २४ र अन्य क्षेत्रमा ठुलो असिना परेको पोखरा महानगरापालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनले पोखराको धेरै जसो भुभागमा परेको असिना पानीले बाली उत्पादनमा क्षती गरेको बताए । २ दिन… पुरा पढौ

लेखनाथलाई पुनः नगरपालिका कायम गर्न माग

लेखनाथलाई पुनः नगरपालिका कायम गर्न माग, “पहिचान, पहुँच र समृद्धिका लागि लेखनाथ पुनस्र्थापनाको विकल्प छैन”
लेखनाथ, १० जेठ / साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने मागसहित आयोजित वृहत अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्। लेखनाथ पुनस्र्थापना पहल समितिको आयोजनामा आइतबार तालचोकस्थित लेखनाथ पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको संरचनाले लेखनाथ क्षेत्रलाई ओझेलमा पारेको भन्दै अब पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन आवश्यक रहेको बताएका हुन्। कार्यक्रममा सहभागीहरूले स्थानीय तह पुनःसंरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा विलय गर्नु भौगोलिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले त्रुटिपूर्ण निर्णय भएको बताएका थिए।… पुरा पढौ

पोखराको फिर्केखोलामा आइतबार देखी डोजर चल्ने, तीन ठाउँबाट मापदण्डमा परेका हटाउने

फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल महानगरले भत्कायो
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिकाले फिर्केखोला मापदण्डमा बनेका संरचनाहरु आइतबार देखी हटाउन सुरु गर्ने भएको छ । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलघर खाली गर्ने सम्बन्धी जारी गरेको ३५ दिने सूचना शनिबारदेखि सकिएको छ । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति, संस्थाहरुलाई पूर्वसूचना दिइ सकिएको आइतबारदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलघर खाली गर्ने कार्य सुरु गरिने महानगरले जनाएको छ । महानगरले २०८० साल आषाढमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदन अनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाइनेछ । पोखरा–२ र… पुरा पढौ

पोखरामा सार्वजनिक स्थानमा झै–झगडा गर्ने ४ जना पक्राउ

पोखरामा सार्वजनिक स्थानमा झै–झगडा गर्ने ४ जना पक्राउ
पोखरा, ८ जेठ/ पोखरामा जेठ ७ गते दिउँसो करिब ११ बजे पोखरा महानगरपालिका वडा नंम्बर ९ नयाँबजार क्षेत्रमा दुई समूहबीच झै–झगडा भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको खोजतलासका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न चार जनालाई जेठ ८ गते पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरू सवारी साधनमा हेल्परको काम गर्ने व्यक्तिहरू हुन्। खाजा खाने विषयमा सामान्य विवाद हुँदा उनीहरूबीच झै–झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।… पुरा पढौ

फेवातालमा डुबेर एक युवकको मृत्यु

फेवातालमा डुबेर एक युवकको मृत्यु
पोखरा, ७ जेठ/ पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने २७ वर्षीय रिवाज गुरुङ रहेका छन् । बुधबार फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्री नेतृत्वको टोलीले खोजी गर्ने क्रममा विहान ३ः३५ बजे गुरुङलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो… पुरा पढौ

पोखरा बसपार्कका घर टहरा हटाउने तयारी, सुकुमवासीलाई तीन दिनको समय

पोखरा बसपार्कका घर टहरा हटाउने तयारी, सुकुमवासीलाई तीन दिनको समय
पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकाले पाँच दशकदेखि अलपत्र प्रस्तावित पोखरा बसपार्कको जग्गा खाली गराउने तयारी गरेको छ । जग्गा खाली गराउन तीन दिनभित्र विवरण संकलन गर्नेगरी तयारी थालेको छ । महानगरले बुधबार एक जरुरी सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहिन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ । पोखरामा सुविधा सम्पन्न बसपार्क बनाउन २०३१–३२ सालमा पृथ्वीचोकको २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । ५० वर्षसम्म बसपार्क नबन्दा सो… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारत उडान

श्री एयरलाइन्स
पोखरा, ५ जेठ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारततर्फ सिधा उडान भएको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका भारतको मध्य प्रदेश, भोपालका गोपाल शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत भारत लगिएको हो । आइतबार मुक्तिनाथबाट फर्किँदा मुटु र फोक्सोमा समस्या देखिएपछि उनलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार डा राज बस्नेत र सरोज अर्यालसहितको स्वास्थ्यकर्मीको टोली लिएर श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा भोपालका लागि… पुरा पढौ

कास्कीमा जुवातास खेल्ने ८ जना २ लाख ८७ हजार सहित पक्राउ

जुवा तास
पोखरा, १ जेठ/ कास्कीको मादी गाउँपालिका–५ सुन पदेंलीबाट जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न ८ जना पक्राउ परेका छन्। वैशाख ३० गते साँझ करिब ६ बजे जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो। छापामार्ने क्रममा प्रहरीले नगद २ लाख ८७ हजार ८ सय ८० र ४ बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका ८ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित,… पुरा पढौ

कास्कीमा एसइईमा केहीको उत्कृष्ट, ६५ जनाको ४.० जिपिए (कसको कति ?)

एसइई
पोखरा, २९ बैशाख/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याएका छन् । सोमबार प्रकाशित नतिजा अनुसार कास्कीको समग्र नतिजामा ८१ दशमलब ७५ विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भए । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार जिल्लाका ६ सरकारी स्कुलका १० जनाले ४.० जिपिए ल्याएका छन् । बाँकी निजी स्कुलका हुन् । ४.० जिपिए ल्याउनेमा ६४ जना पोखरा महानगरपालिका भित्रका हुन् भने एउटा मात्र माछापुच्छ्रे मावि, भर्जुङखोलाको हो । ४.० जिपिए ल्याउने विद्यार्थी… पुरा पढौ

कास्कीमा प्रहरीको स्विप अपरेसन जारी, थप २३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, २९ बैशाख/ जिल्ला प्रहरी कार्यालय कास्की एबम पोखराको बगरस्थित वडा प्रहरी कार्यालयको टोलीले सोमबार साँझ ६ बजेदेखि राति १० बजेसम्म संचालन गरेको स्विप अपरेसनका क्रममा पोखराको बिभिन्न स्थानबाट २३ जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानहरुमा मादक पदार्थ एबम लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झै झगडा गर्दै हिड्ने, जुवातास खेल्ने खेलाउने तथा शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधि बढेको भन्दै प्रहरी टोलीले ‘स्वीप अप्रेसन’ लाई निरन्तरता दिएको हो । यस क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, लागू औषध… पुरा पढौ