ग्यासको कालोबजारी नियन्त्रण गर्न अनेरास्ववियुको माग

-


     क्लिक गण्डकी     
     श्रावण २१ गते २०८३ मा प्रकाशित


ग्यासको कालोबजारी नियन्त्रण गर्न अनेरास्ववियुको माग

ग्यासको कालोबजारी नियन्त्रण गर्न अनेरास्ववियुको माग

पोखरा, २१ साउन/ अनेरास्ववियु कास्कीले खाना पकाउने एलपी ग्यासको नियमित, सहज आपुर्तिको व्यवस्था गर्न जिल्ला प्रशासन समक्ष माग गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउदै युनियनले कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले ग्यासको भण्डारण गर्ने तथा कालोबजारी गर्ने व्यक्ति तथा संस्थालाई अनुगमान गरी कारवाहीको माग गरेको हो ।

अव्यवस्थित वितरण प्रणाली, कृत्रिम अभाव, कालोबजारी तथा प्रभावकारी बजार अनुगमनको अभावका कारण उपभोक्ता समस्यामा परेको अनेरास्ववियु कास्कीका अध्यक्ष भोलानाथ पराजुली (एलेक्स भोला) ले दाबी गरे । उनले ज्येष्ठ नागरिक, विद्यार्थी, अशक्त तथा अपांगता भएका व्यक्तिलाई ग्यास वितरणमा प्राथमिकता दिन माग गरे ।

उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्ने प्रशासन कार्यालयको समन्वयमा प्रभावकारी अनुगमन तथा उजुरी संयन्त्रको विकास गर्न अनेरास्ववियुको माग छ । सरकारले विद्युतीय (इन्डक्सन ) चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न, विद्युतमा लगाएको भ्याट खारेज गर्दै विद्युत् महसुलमा आवश्यक सहुलियतको माग गरेको छ ।

ग्यास आपूतिलाई सहज तथा वितरण प्रणालीलाई व्यवस्थित गरी आम नागरिकको दैनिक जीवन सहज बनाउन आवश्यक पहल गर्न उनीको माग छ ।