
शव
पोखरा, १७ साउन/ कुवेतमा मिसाइल आक्रमणमा परि एक नेपालले ज्यान गुमाएका छन् । कुवेतमा भएको मिसाइल आक्रमणमा परी नेपाली कामदार सोमकुमार तामाङको ज्यान गएको हो ।
उनको पार्थिव शरीर आइतबार बिहान नेपाल आइपुगेको छ । ४४ वर्षीय तामाङको शव कुवेत एयरवेजको उडान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
तेह्रथुम जिल्लाका तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए । गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल प्रहार हुँदा उनको मृत्यु भएको थियो ।
पश्चिम एसियामा पछिल्लो समय चर्किएको द्वन्द्वका क्रममा ज्यान गुमाउने उनी दोस्रो नेपाली कामदार भएको जनाइएको छ ।
तामाङको शव स्वदेश ल्याउन कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरेको थियो ।





