मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्क विहीन

-


     क्लिक गण्डकी     
     श्रावण २० गते २०८३ मा प्रकाशित


मर्दी ट्रेकिङ गएका स्वीडेनी पर्यटक सम्पर्कविहीन

मर्दी

पोखरा, २० साउन/ कास्कीको मर्दी हिमाल पदयात्रामा गएका पोखराका ३ जना युवक जंगलमा बाटो विराए हराएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट उनीहरु सम्पर्कविहीन भएका हुन् ।

पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा थिए । त्यसपछि मोबाइल अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन । युवकहरु हराएको सूचना बिहान ११ बजे प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको छ । सुरुमा बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारी सहित ४ जनाको टोली खोजीमा गएको थियो ।

घटनाको थप जानकारी लिन र खोजी गर्न भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा २ जनाको टोली परिचालन गरिएको छ । यो टोलीले स्थानीय बासिन्दा र बेपत्ताका आफन्तसँग समन्वय गरिरहेको छ ।