पोखरा जुवातास खेल्ने–खेलाउने थप १२ जना पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण २४ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, २४ साउन/ कास्कीको पोखरा महानगरपालिका–३१ भाटामुलमा जुवातास खेल्ने तथा खेलाउने १२ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार २०८३ साल साउन २३ गते दिउँसो करिब ३ः५५ बजे भाटामुल क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले जुवातास खेल्ने तथा खेलाउने १२ जनालाई नगद ३१ हजार ७ सय ६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

त्यसै गरी पोखरा–१७ ड्यामसाइडबाट जुवातास खेल्ने तथा खेलाउने ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः३० बजे ड्यामसाइड क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो। टोलीले जुवातास खेल्ने तथा खेलाउने ६ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट नेपाली नगद २८ हजार ७० रुपैयाँ, भारतीय नगद २ हजार ५ सय रुपैयाँ तथा १५६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



This will close in 10 seconds