समाचार

पोखरामा नक्कली पेस्तोल सहित दुईजना पक्राउ, लागुऔषध र नौ लाख सहित एकजना पक्राउ

पोखरामा नक्कली पेस्तोल सहित दुईजना पक्राउ, लागुऔषध र नौ लाख सहित एकजना पक्राउ
पोखरा, ११ वैशाख/ पोखरा ८ सिमलचौर क्षेत्र आसपासका बिभिन्न स्थानमा हतियार देखाएर अरुलाई डरत्रास देखाएको भन्दै कास्की प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको व्यस नगरपालिका घर भई पोखरा –८ सिमलचौर बस्ने ३२ बर्षीय सुभाष कायस्थ र सोहि ठाउँ बस्ने ३१ बर्षीय सुरज कायस्थ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको सिमलचौर स्थित कोठा खानतलासी गर्दा फलामको रडको स्लाईड स्टिक १ थान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान र नोक २ थान फेलापरेको… पुरा पढौ

कास्की प्रहरीको ‘स्वीप अपरेसन’बाट बिहीबार राति ६१ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, ११ वैशाख/ कास्की प्रहरीले पोखराका विभिन्न क्षेत्रमा बिहीबार राति ६१ जनालाई पक्राउ गरेको छ । बुधबार देखि चलाएको स्वीप अपरेसनमा हिजो मात्रै १२२ जनालाई पक्राउ गरेको थियो । स्वीप अपरेसनमा गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउने विरुद्ध अभियान रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए । बिहीबार राती पोखराका विभिन्न वडाबाट ६१ जनालाई पक्राउ गरेको हो । पोखराको मोहरियाटोल, गैहपाटनबाट १४ जना, लेकसाडबाट २४ जना, बगाले टोल, सभागृहचोक, शिवालय चोक,… पुरा पढौ

पोखराको भाइरल सडक उद्घाटन, शिशुवा–खुदीखोला जोड्ने

पोखराको भाइरल सडक उद्घाटन, शिशुवा–खुदीखोला जोड्ने
पोखरा, १० वैशाख/ पोखरा महानगरपालिका वडा नं ३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताउनुभयो । “हामी आइसकेपछि नेपालमा जति पनि विकास… पुरा पढौ

कास्की प्रहरीको ‘स्वीप अपरेसन’बाट एकैरात १२२ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १० वैशाख/ कास्की प्रहरीले पोखराका विभिन्न क्षेत्रमा बुधबार रातिदेखि चलाएको स्वीप अपरेसनमा १२२ जनालाई पक्राउ गरेको छ। स्वीप अपरेसनमा टोले गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउनेविरुद्ध अभियान रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए। काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथ क्षेत्रका ताल आसपास, लेकसाइड, महतगौंडा, दोबिल्लालगायत क्षेत्रमा प्रहरीले सोधपुछ गर्ने, मानिस समात्ने र भ्यानमा हाल्दै लैजाने क्रम तीव्र देखियो । यो गतिविधि बिहीबार बिहानसम्म करिब १० घन्टा जारी चेलको थियो । बुधबार… पुरा पढौ

कास्की प्रहरी प्रमुख नवीन कार्की चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा

कास्की प्रहरी प्रमुख नवीन कार्की चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा
पोखरा, ७ वैशाख/ नेपाल प्रहरी अन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले कास्कीका प्रहरी उपरीक्षक एसपी नवीन कार्कीलाई चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कारबाट सम्मानित गरेको छ। एसपी कार्कीले आफ्नो जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ र व्यावसायिक ढंगले निर्वाह गर्दै गरेको भन्दै सम्मान गरेको हो । पोखरामा भएको सृजना पौडेल केसीको हत्यामा अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उत्कृष्ट प्रहरी सम्मान गरेको प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए । कार्कीले सम्पादन गरेको कार्य सर्वोत्कृष्ट रहेको पाइएकाले निजबाट सम्पादित कार्यको उच्च मुल्याङ्कन… पुरा पढौ

पोखरामा जुवातास खेलिरहेका ९ जना डलर सहित पक्राउ

जुवा तास
पोखरा, ६ बैशाख/ पोखरा महानगरपालिका वडा २६ बराल डाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख १९ हजार ४३५, अमेरिकी डलर १३४ तथा ४ बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत “जुवा खेल्न वा… पुरा पढौ

पोखरा लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिने १६ महिला पक्राउ

पोखरा लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिने १६ महिला पक्राउ
पोखरा, ६ वैशाख/ पोखरा ६ लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने १६ जना महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । लेकसाइड क्षेत्रमा रातिको समयमा अनैतिक क्रियाकलाप बढ्दै गएको र यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको भन्दै स्थानीय बासिन्दा र पर्यटकहरूबाट गुनासो आएको थियो । पछिल्लो समय लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई… पुरा पढौ

पोखरामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

जुवा तास
पोखरा, ४ वैशाख/ पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकस्थित हिमालीटोलबाट जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। विहीबार जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ६७ हजार ५ सय ६०, अमेरिकी डलर ११२, अष्ट्रेलियन डलर २४० तथा ४ बुक तास बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा… पुरा पढौ

अफलाइन पठाओ तथा इनड्राइभ सञ्चालन गर्ने १३ जना पोखराबाट पक्राउ

अफलाइन पठाओ तथा इनड्राइभ सञ्चालन गर्ने १३ जना पोखराबाट पक्राउ
पोखरा, ३ वैशाख/ पोखरा महानगर क्षेत्रमा अफलाइन रूपमा पठाओ तथा इनड्राइभ सञ्चालन गरी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा १३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पठाओ तथा इनड्राइभमा आबद्ध रही वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गर्दै यात्रुसँग तोकिएको भन्दा बढी भाडा उठाउने, ठगी गर्ने तथा अनावश्यक दुःख दिने गरेको सूचनाका आधारमा कारबाही गरिएको कास्की प्रहरी प्रवक्ता हरीबहादुर बस्नेतले जानकारी… पुरा पढौ

फेवातालको मापदण्डमा परेको जनताको अधिकार सुनिश्चित गर्न नागरिक समाजको माग

फेवातालको मापदण्डमा परेको जनताको अधिकार सुनिश्चित गर्न नागरिक समाजको माग
पोखरा, ३ बैशाख/ नागरिक समाज कास्कीले फेवातालको मापदण्ड कार्यान्वयन गर्दा प्रभावित जनताको अधिकार सुनिश्चित गर्न तीनवटै सरकारसमक्ष माग गरेको छ । समाजले बिहीबार फेवाताल किनारको सरसफाई कार्यक्रम गर्दै स्थानीय बासिन्दा, आदिवासी समुदाय तथा सरोकारवालाको हितलाई ध्यानमा राखेर न्यायोचित समाधान गर्न सरकार सगँ माग गरेको छ । मापदण्डका कारण प्रभावित जनतालाई जग्गाको सट्टा जग्गा वा प्रचलित मूल्यअनुसार मुआब्जा उपलब्ध गराउन पनि माग गरिएको छ। त्यस्तै, फेवा किनारमा बसोबास गर्दै आएका आदिवासी जलारी, भुजेल र गुरुङ समुदायलाई आफ्नै थातथलोमा बस्न सक्ने व्यवस्था… पुरा पढौ