पोखराको उत्तमचोकमा बसको ठक्करले पैदल यात्राको मृत्यु

-

     क्लिक गण्डकी     
     श्रावण ८ गते २०८३ मा प्रकाशित

पोखराको उत्तमचोकमा बसको ठक्करले पैदल यात्राको मृत्यु

पोखराको उत्तमचोकमा बसको ठक्करले पैदल यात्राको मृत्यु

पोखरा, ८ साउन /पोखराको १० उत्तम चोकमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा स्याङजा घर भै हाल पोखरा १० उत्तमचोक बस्ने राजु थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

बसको ठक्करले सडकमा ढलेका उनको उपचारका लागि ग्यालेक्सि हस्पताल लगिएपनि चिकित्सले मृत घोषणा गरेका थिए । उनको टाउकोबाट अत्याधिक रगत बगेको थियो ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।