नयाँ बसपार्क स्थित होटलमा एक जना युवतीको हत्या

-


     क्लिक गण्डकी     
     श्रावण ४ गते २०८३ मा प्रकाशित


शव

काठमाडौं, ४ साउन/ काठमाडौंको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा एक जना युवतीको हत्या भएको छ। नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव आइतबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। मृतक निशा सुनार कैलाली धनगढी उपमहानगरपालिकाकी हुन्। उनको हत्यामा संलग्नको प्रहरीले खोजी गरिरहेको छ।

शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।