पोखरामा ‘अपरेसन ३६५’ अन्तर्गत थप १८ मोटरसाइकल नियन्त्रणमा, ७४० लाई कारबाही

-


     क्लिक गण्डकी     
     श्रावण ७ गते २०८३ मा प्रकाशित


पोखरामा ‘अपरेसन ३६५’ अन्तर्गत थप १८ मोटरसाइकल नियन्त्रणमा, ७४० लाई कारबाही

पोखरामा ‘अपरेसन ३६५’ अन्तर्गत थप १८ मोटरसाइकल नियन्त्रणमा, ७४० लाई कारबाही

पोखरा, ७ साउन/ जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा विशेष चेकजाँच अभियान सञ्चालन गर्दा ती मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोरेपाटन क्षेत्रबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

त्यसैगरी वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बाग्लुङ बसपार्क र हरिचोक क्षेत्रबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेसन ३६५’ अभियानअन्तर्गत हालसम्म ७४० वटा सवारी साधन र ३६ जना व्यक्ति नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको छ।

प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन गरी अनावश्यक ध्वनि प्रदूषण गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिविरुद्ध अभियानलाई निरन्तर सञ्चालन गरिने जनाएको छ।