पोखरामा जुवातास खेल्ने–खेलाउने १० जना पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण ४ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, ४ साउन/ कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ रातोपैह्रास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार साँझ जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट नगद ३८ हजार ४३५ र २०८ पत्ती तास बरामद गरेको जनाएको छ ।

पक्राउ परेका १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा वा सट्टेबाजीसम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



Tags: