पोखरा र भैरहवा विमानस्थलमा छुट दिने सरकारको निर्णय

-


     क्लिक गण्डकी     
     श्रावण ६ गते २०८३ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, ६ साउन/ सरकारले २०८५ भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय गर्ने वायुसेवा कम्पनीहरूलाई विभिन्न छुट दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा न्याभिगेसन शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ ।