समाचार

पोखरामा जुवातास खेल्ने–खेलाउने १० जना पक्राउ

जुवा तास
पोखरा, ४ साउन/ कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ रातोपैह्रास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार साँझ जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनास्थलबाट नगद ३८ हजार ४३५ र २०८ पत्ती तास बरामद गरेको जनाएको छ । पक्राउ परेका १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा वा सट्टेबाजीसम्बन्धी मुद्दामा… पुरा पढौ

पोखराको रातोपैह्रोमा सेती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना

पोखराको रातोपैह्रोमा सेती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना
पोखरा, ३ साउन/ पोखराको रातोपैह्रोमा सेती नदी थुनिएको छ। पोखरा–१७ र १५ को बिचमा रातोपैह्रोमा सेती नदी थुनिएको हो। सधैँ डाँडाबाट करिब एक सय मिटर तल खोँच भएर बग्ने सेती नदी पैह्रोले पुरेपछि झरना बनेर बगेको छ। करिब २ महिना अघि पनि सो ठाउँमा पहिरो खसेको थियो। यद्वपी त्यसले नदीको बहाव भनेको थुनेको थिएन। तर, शुक्रबार फेरी त्यही ठाउँमा खसेको पहिरोले सेती नदीको बहाव नै थुनेर झरना बनेको उनले बताए। नदीको पूर्व तर्फबाट चट्टानसहितको पहिरो खस्दा नदी थुनिएको भनाई छ।… पुरा पढौ

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशी सहित ९ जना पक्राउ, सुन र नगद बरामद

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशी सहित ९ जनाको गिरोह पक्राउ, सुन र नगद सहित पक्राउ
पोखरा, २ साउन/ पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरीका गर्दै आएका ४ विदेशी नागरिक सहित ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट सुनका गरगहना, नगद, मोबाइल, ल्यापटप, स्मार्ट घडी लगायत चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। पोखरा महानगरभित्र चोरीका घटना बढ्न थालेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिई चोरीका सामान सहित पक्राउ गरिएको हो। उनीहरूमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा… पुरा पढौ

‘पोखरा कोरा च्यालेन्ज २०२६’, दृष्टिविहीन विद्यार्थी छात्रावासका लागि सहयोग जुटाइँदै

‘पोखरा कोरा च्यालेन्ज २०२६’, दृष्टिविहीन विद्यार्थी छात्रावासका लागि सहयोग जुटाइँदै
पोखरा, २ साउन/ सामाजिक सेवा, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘पोखरा कोरा च्यालेन्ज २०२६’ शनिबार पोखरामा सम्पन्न भएको छ । ‘सँगै साइकल चलाऔँ, जीवनमा परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संकलित सहयोग पोखरा स्थित दृष्टिविहीन विद्यार्थी छात्रावासलाई प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमका संरक्षक तथा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले खेल, स्वास्थ्य र सेवाभावलाई एकसाथ अघि बढाउने यस्ता कार्यक्रमको… पुरा पढौ

पोखरामा बसमा सवार महिलाको व्याग चोरी गर्ने तीन जना पक्राउ

पोखरामा बसमा सवार महिलाको व्याग चोरी गर्ने तीन जना पक्राउ
पोखरा, १ साउन/ कास्की प्रहरीले बसमा यात्रा गरिरहेकी एक महिलाको व्याग चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा यात्रा गरिरहेकी स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ राङ्खोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको थियो। घटनाबारे सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रपुर नगरपालिका–१५ निवासी ४२ वर्षीय गुरु प्रसाद… पुरा पढौ

पोखरामा हतियार सहित दुई जना पक्राउ

पोखरामा हतियार सहित दुई जना पक्राउ
पोखरा, ३२ असार/ पोखरा महानगरपालिका १४ मझेरीपाटनबाट भरुवा बन्दुक र धारिलो हतियार सहित दुई जना पक्राउ परेका छन्। असार ३१ गते राति करिब १० बजे पोखरा महानगरपालिका–१४ मझेरीपाटन निवासी ३० वर्षीय साजन बिकले अवैध रूपमा भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा साजन बिक सुत्ने कोठामा लुकाईछिपाई राखिएको एक नाल भरुवा बन्दुक र एक थान फलामको धारिलो हतियार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले साजन बिकलाई… पुरा पढौ

पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, २४ वर्षीय युवाको निधन

दुर्घटना
पोखरा, ३१ असार/ पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्वत घर भएका एक युवाको निधन भएको छ। पोखरा महानगरपालिका–४ पालिखेचोकमा बुधबार बिहान करिब २ः३५ बजे ग १६ प २४१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पर्वत घर भएका एक युवाको निधन भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार पर्वतको फलेवास नगरपालिका–५ खानिगाउँ निवासी २४ वर्षीय सुमन सुनारको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। मोटरसाइकल चालक अर्घाखाँची घर… पुरा पढौ

नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त

नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त
पोखरा, ३० असार/ नेपाल पर्यटन बोर्डको सदस्यमा सरकारले पाँच जनालाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार पोखराका होटल व्यवसायी सन्तोष पोखरेल सहित पाँच जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । पोखरेलसँगै आरोग्य पर्यटन क्षेत्रबाट डा सोविता श्रेष्ठ ढकाल, पर्यटन व्यवसायी पेम्बा शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष खुमबहादुर सुवेदी र आईटी तथा वेलनेस पर्यटन विज्ञ सृजना केसीलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ। नवनियुक्त सदस्य… पुरा पढौ

बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ

बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ
पोखरा, २९ असार/ बहुमूल्य क्रिस्टल रहेको भन्दै करोडौं रुपैयाँमा बिक्री हुने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–२८ निवासी दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तत्काल फुलाउने अद्भुत शक्तियुक्त बहुमूल्य क्रिस्टल रहेको भन्दै फोटो र भिडियोसमेत देखाएर विश्वास दिलाइएको थियो। उक्त क्रिस्टल बिक्री गर्दा अरबौं रुपैयाँ प्राप्त हुने प्रलोभनमा पारेर उनीबाट नगद १० लाख रुपैयाँ ठगी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपितहरूले… पुरा पढौ

पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ

पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ
पोखरा, २९ असार/ कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवास्थित क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट UP53EY7704 नम्बरको कार रोकी जाँच गर्दा कारको विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा डाइजापाम… पुरा पढौ