समाचार

पोखरा विमानस्थल भ्रष्टाचारसम्बन्धी मुद्दाः ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २१ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय विमास्नथल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पाँच पूर्वमन्त्री, ९ पूर्वसचिवहरू सहित ५५ जनालाई मुद्दा चलाएको छ । अख्तियार अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीहरु, ९ जना पूर्वसचिवहरू, २ चिनियाँ कम्पनीका प्रतिनिधिसहित ५५ जना र एक चिनियाँ निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो । हालसम्म दायर भएकोमध्ये विगोका दृष्टिकोणले कर फस्र्यौट आयोगको भ्रष्टाचार मुद्दापछि यो दोस्रो ठूलो मुद्दा हो । गतवर्ष संसदको… पुरा पढौ

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

भरत कोइराला
पोखरा, २१ मंसिर/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन… पुरा पढौ

पोखराको लेकसाइडमा बसलाई सडकमा पार्किङ गर्न रोक, केही क्षेत्र एकतर्फि बनाउन तयारी

पोखराको लेकसाइडमा बसलाई सडकमा पार्किङ गर्न रोक, केही क्षेत्र एकतर्फि बनाउन तयारी
पोखरा, २० मंसिर/ पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकलाई अप्ठेरो परेपछि समाधानका लागि विभिन्न सामुदायीक सेवा केन्द्र एवंम सामुदायीक प्रहरी सेवा बैदामले छलफल गरेको छ । स्थानीय निकाए, सुरक्षा निकाए र सरोकारवालाहरु बिच भएको छलफलमा पहिलो चरणमा लेकसाइडका सडकमा बसलाई सडकमा पार्किङ गर्न रोक लगाउने भएको छ । ठुला सवारी साधानहरुलाई पोखराको पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिनचोकमा अहिलेलाई राख्ने व्यवस्था गरेको सामुदायीक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले जानकारी दिए । छलफलमा अहिले भ्रमण आउने बस र… पुरा पढौ

ध्वनि प्रदूषण र प्रहरीसँग विवाद गर्ने ४ जना मोटरसाइकल चालक पक्राउ

ध्वनि प्रदूषण र प्रहरीसँग विवाद गर्ने ४ जना मोटरसाइकल चालक पक्राउ
पोखरा, १९ मंसिर/ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण गर्ने, सार्वजनिक स्थानमा आतंकित पार्ने र चेकजाँचका क्रममा प्रहरीसँग वादविवाद तथा झैझगडा गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले साइलेंसरमा हेरफेर गरी ठूलो आवाज निकाल्ने, सडकमा होहल्ला मच्चाउने तथा शान्ति–सुरक्षामा बाधा पुर्‍याउने गतिविधि गर्दै आएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ग २१ प ६१७१, लु ३० प ५५६१, ग २० प २९२२ र ग १५… पुरा पढौ

पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी

पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी
पोखरा, १४ मंसिर/ फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए… पुरा पढौ

पोखरामा बुद्ध एयरको विमानमा चराको ठक्कियो

बुद्ध एयर
पोखरा, १३ मंसिर/ बुद्ध एयरको काठमाडौंबाट पोखरा आउदै गरेको विमानमा पोखरा विमानस्थलमा अवतरणका क्रममा चरासँग ठोक्किएको छ । बुद्ध एयरले विमानसँग ठोक्किएको एटीआर–७२ विमान धावनमार्गको पूर्वी भाग रनवे अवतरण गर्दै गर्दा गिद्द ठोक्किँदा विमानको दायाँ इन्जिनको एक प्रोपेलर क्षतिग्रस्त भएको बुद्ध एयरले जानकारी दिएको छ । विमानमा ६८ यात्रु सवार थिए र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ । विमानले काठमाडौं फर्कने क्रममा ७२ यात्रु ल्याउने तालिका थियो तर क्षति मूल्यांकन र मर्मतपछि मात्रै पुन… पुरा पढौ

पोखरा इजरायल सिधा उडानका गर्न सघाउने -इजरायली राजदूत स्मुलिम

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, ९ मंसिर/ नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासले इजरायलबाट पोखरा सिधा उडानका लागि आफुहरु इच्छुक रहेको बताएका छन् । पोखरा पर्यटन व्यवसायी सगँ कुरा गर्दै उनले इजरायलबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडान राख्न आफुले सहयोग गर्ने बताए । उनले धेरै इजरालीहरु नेपाल आउने र त्यस पछि पोखरा बस, जहाज चढेर आउने गरेको बताए । इजरायलीहरु पोखरा आउन चाहाने भएका कारणले गर्दा पनि इजरायलबाट पोखरा सिधा उडान गर्नु पर्ने उनले बताए । पुरा पढौ

कास्कीको अन्नपूर्ण केन्द्रविन्दु भएर भूकम्पको धक्का

भूकम्प
पोखरा, ७ मंसिर/ कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आइतबार साँझ ५ः१९ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षतीको विवरण भने आएको छैनन । पुरा पढौ

भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान शुरु

भुटान एयरको पोखरा–पारो ९भुटान० सिधा उडान शुरु
पोखरा, २ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको छ। भुटान स्थित पारो अन्तर्राष्ट्रिय बिमानस्थलबाट पोखरा चालक दल मात्रै आएको विमानले पोखराबाट ९ जना पाहुना तथा क्रु मेम्बर सहित पारो बिमानस्थलमामा सुरक्षित अवतरण गरेको छ। जेनजी आन्दोलनका कारणले पूर्व निर्धारित समय र टिम सहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने जनाएको छ । अक्टोबरबाट सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको अघिल्लो आन्दोलनका कारण री(सेड्युल भएको र आज पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको हो। बाँकी नियमित… पुरा पढौ

धन बहादुर गुरुङ (सुमन)लाई युवा पत्रकारिता पुरस्कार

धन बहादुर गुरुङ (सुमन)
पोखरा, मंसिर १ / मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको दिन मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त प्रदान गरिनेछ। फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो । छनोट… पुरा पढौ