पोखराको बिजयपुर खोलामा बगेर २ बेपात्त, बेपत्ता हुने निक्सन र यमनको खोजी जारी

-


     क्लिक गण्डकी     
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


पोखराको बिजयपुर खोलामा बगेर २ बेपात्त, बेपत्ता हुने निक्सन र यमनको खोजी जारी

पोखराको बिजयपुर खोलामा बगेर २ बेपात्त, बेपत्ता हुने निक्सन र यमनको खोजी जारी

पोखरा, ३१ साउन/ पोखरा बिजयपुर खोलाले बगाएर दुई जना बालक बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका थिए ।

बालकहरु साथीहरु मिलेर खोलापारी गएको र फर्किने क्रममा उनीहरुलाई बगाए प्रहरीले जानकारी दिएको छ ।

शनिबार दिउँसो करीब १ बजेतिर खोला तर्ने क्रममा पोखरा–१४ छिनेडाँडाका १६ वर्षिय निक्सन गुरुङ र पोखरा–१४ चाउथेका १५ वर्षिय यमन राईलाई खोलाले बगाएर बेपत्ता बनाउको हो । उनीहरुको आइतबार पनि खोजी भइरहेको छ ।

गुरुङ स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडास्थित आर्मी पल्टनमा बस्दै आएका चन्द्रबहादुर गुरुङका छोरा हुन् । राई भने खोटाङ घर भई चाउथेमा बस्दै आएका थिए ।

बेपत्ता बालकहरुको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गोताखोर सहित परिचालित भएका छन् । शनिबार वर्षापछि बिजयपुर खोला बढेकाले खोजीमा समस्या उत्पन्न भएको थियो ।