कास्कीका ३ स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     श्रावण २५ गते २०८३ मा प्रकाशित


पोखरामा उत्सवका रुपमा ट्होंटे पर्व तस्बिरः सञ्जय शाक्य

पोखरामा उत्सवका रुपमा ट्होंटे पर्व तस्बिरः सञ्जय शाक्य

पोखरा, २५ साउन/ कास्कीका तीन स्थानीय तहले तमु जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् । कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा बिदा दिइएको हो ।

गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका हुन् ।

स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिएका हुन् । गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन् ।