पोखराको फेवातालमा कार खस्यो, चार जनाको उद्धार

-


     क्लिक गण्डकी     
     भाद्र १९ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १९ भदौ/ पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीबाट भारतीय नम्बर नखुलेको कार फेवातालमा खसेको छ। दुर्घटनामा कारमा सवार चारै जनाको उद्धार गरिएको छ।

शुक्रबार बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको हो।

दुर्घटना पछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेडक्वार्टर कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली घटनास्थल पुगेको थियो।

उद्धार टोलीले कारमा सवार भारत बिहार प्रदेश, मोतिहारी जिल्ला, रक्सौल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उद्धार गरी उपचारका लागि जीएमसी अस्पताल पठाएको थियो। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यसपछि बिहान ५ः५५ बजे फेवातालको पानीभित्रबाट थप दुई जनालाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ। कारमा जम्मा चार जना सवार रहेको खुलेको छ। दुर्घटनामा परेको कार निकाल्न बिहान ६ः०५ बजेदेखि क्रेनको प्रयोग गरी छ ।