
पाैडी डुवेर
पोखरा, २१ भदौ/ पोखरा महानगरपालिका–२५ याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–५, मालेपाटन बस्ने २१ वर्षीय मुक्तबहादुर रोक्का रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो करिब १२ः४५ बजे रोक्का याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए।
प्रहरी टोलीले रोक्कालाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएको थियो । उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।





