भोटेकोशी बाढीप्रति नाट्टाको दुःख, पर्यटन क्षेत्रमा ठुलो क्षति

-


     क्लिक गण्डकी     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


बाढीबाट भएको जनधनको क्षतिप्रति होटल संघ पोखराद्वारा दुःख व्यक्त

बाढीबाट भएको जनधनको क्षतिप्रति होटल संघ पोखराद्वारा दुःख व्यक्त

पोखरा, १५ भदौ /रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूली, धादिङ लगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले गहिरो दुःख व्यक्त गरेको छ ।

नाट्टाले बाढीका कारण पर्यटन क्षेत्रमा ठुलो धक्का लागेको जनाएको छ । नाट्टाले बाढीबाट प्रभावित नागरिक, पर्यटक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिहरूको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

नाट्टाले विदेशी पर्यटक र नेपाली तीर्थयात्रीहरू कैलाश–मानसरोवर यात्राको क्रममा छन् । बाढी र सञ्चार अवरोधका कारण उनीहरूको यात्रा प्रभावित भएको र सुरक्षा चुनौती छ । बाढीको कारण सडक भासिदा पोखरा काठमाडौं सडक पुर्णरुपमा अवरुद्ध रहेका कारण नागरिक र पर्यटक अप्ठेरोमा परेको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी अध्यक्ष संगिता पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कैलाश–मानसरोवर यात्रामा रहेका पर्यटक, तीर्थयात्री, सम्बन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र गाइडहरूलाई स्थानीय अवस्थाबारे नियमित जानकारी लिई सम्बन्धित निकायको निर्देशन अनुसार मात्र यात्रा अगाडि बढाउन उनको आग्रह छ ।

साथै, आपत्कालीन उद्धारका लागि सरकारी टोल–फ्री नम्बरहरू १२३४, १०० र ११११ मा सम्पर्क गर्न पनि उनले अनुरोध गरेकी छन् । यो संकटको घडिमा सबै व्यससायीलाई सहयोगका लागि पनि आवाहन गरेकी छन् ।