
पोखराको विजयपुर खोलाको ओरालोबाट स्कुटर नालीमा, दुई जना घाइते
पोखरा, १७ भदौ/ पोखराको विजयपुर खोलाको ओरालोमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
अमरसिंहबाट चाउथेतर्फ जाँदै गरेको ग २३ प ५९९९ नम्बरको स्कुटर पोखरा १४ विजयपुर खोलाको ओरालोमा बुधबार राति करिब ९ः२५ बजे चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि दुई जना घाइते भएका छन्। दुर्घटनामा परेर स्कुटर चालक पोखरा–१४ चाउथे निवासी २१ वर्षीय धनबहादुर गुरुङ र पछाडि सवार २४ वर्षीय इन्द्रबहादुर गुरुङ घाइते भएका छन्। चालक धनबहादुरको सामान्य अवस्थामा रहेको छ ।
पछाडि सवार इन्द्रबहादुरको दुवै हातमा चोट लागेको छ। दुवै जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।
प्रहरीले नालीबाट स्कुटर बाहिर निकालेको छ। घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





