समाचार

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अमरको शव फेला

पाैडी डुवेर
पोखरा, ९ असार/ फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति शव फेला पारेको हो । मृतक पोखरा महानगरपालिका १५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री हुन् । उनी साँझ ७ बजेतिर फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली फेवाताल पुगेको थियो । टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट… पुरा पढौ

महिलाको हत्यामा संलग्नलाई समात्ने प्रशान्त पौडेल गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

प्रशान्त पौडेल
पोखरा, ९ असार/ जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव निरिक्षक प्रशान्त पौडेल गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेको कार्यहरूमध्ये पर्वतमा कार्यरत पौडेलले हत्यामा संलग्न अभियुक्तलाई पक्राउमा खेलेको महत्वपूर्ण भूमिकाका लागि जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जारी गरेको सूचनामा फलेवास नगरपालिका ५ खानिगाउँमा एकल घरमा बस्ने बागलुङ जैमुनी नगरपालिका ५ बानामारे घर भएकी ५२ बर्षिया सन्तु भन्ने… पुरा पढौ

कास्की मालपोतका पूर्वप्रमुखसहित ६ जनालाई कैद र जरिवाना

मालपोत कार्यालय कास्की
पोखरा, ९ असार/ पोखरा २६ मा रहेको अमर ज्योती माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी बनाइ हिनामिना गरेको अभियोगमा विशेष अदालतले ६ जनालाई दोषी ठहर गरेको छ । कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहितका व्यक्तिहरुलाई अदालतले जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त राजल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार निर्णय गरेको हो । दोषी ठहर हुनेहरुमा कास्की मालपोतका पूर्वप्रमुख अधिकारीसहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल,… पुरा पढौ

पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, एक जना गम्भीर घाइते

पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, एक जना गम्भीर घाइते
पोखरा, ८ असार/ पोखरा महानगरपालिका–६ बुलौदीको ओरालोमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्। राति करिब ११ः२० बजे हल्लनचोकबाट जिरोतर्फ जाँदै गरेको ग ९ प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बागमाराका २३ वर्षीय बिबस मल्ल ठकुरीको मृत्यु भएको छ । टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा… पुरा पढौ

पोखरामा झ्याल–ढोका नाप्ने बहानामा घरभित्र पस्दै सुन र नगद चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ

पोखरामा झ्याल–ढोका नाप्ने बहानामा घरभित्र पस्दै सुन र नगद चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
पोखरा, ७ असार/ पोखरा महानगरपालिका–१५ मेरिगोल्डस्थित मनिसा थापाको घरमा झ्याल–ढोका नाप्ने बहानामा प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न दुई जना प्रतिवादी पक्राउ परेका छन्। जेठ २४ गते दिउँसो घरमा बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति “झ्याल–ढोका बनाउन नाप्न आएको” भन्दै घरभित्र प्रवेश गरेका थिए। त्यसपछि कोठाको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद १३ हजार रुपैयाँ चोरी भएको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले प्राविधिक अनुसन्धानका… पुरा पढौ

पोखरामा ‘अप्रेशन ३६५’ जारी, थप २३ मोडिफाइड मोटरसाइकल नियन्त्रणमा

पोखरामा ‘अप्रेशन ३६५’ जारी, थप २३ मोडिफाइड मोटरसाइकल नियन्त्रणमा
पोखरा, ५ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेशन ३६५’ अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप २३ वटा मोडिफाइड मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बुधबार राति गरिएको विशेष चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरिएका सवारी साधनहरू नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनमध्ये वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले ४ वटा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले हालसम्म… पुरा पढौ

पोखरामा सासूमाथि चक्कु प्रहार गर्ने ज्वाइँलाई म्याद थप

पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ
पोखरा, ४ असार/ पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक एक महिलामाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार अपराह्न करिब ४ः११ बजे लेनदेनको विषयलाई लिएर भएको विवादका क्रममा पोखरा–२८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटामा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका आफ्नै ज्वाइँले चक्कु प्रहार गरेका थिए। घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइते तिवारीलाई उपचारका लागि तत्काल नोबेल अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रेफर… पुरा पढौ

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी भयो – एसपी कार्की

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी भयो – एसपी कार्की
पोखरा, ४ असार/ पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपि नबिन कार्कीले बताएका छन् । शान्ति सुरक्षा सम्बन्धी अन्तक्रिया तथा नागरि सुनुवाई कार्यक्रममा एसपि कार्कीले पछिल्लो समय पोखरामा भएका ठुलाचोरीहरुमा काठमाडौंबाट चोरहरु आएको बताए । नुवारथोक टोलविकास सस्था पोखरा ७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका पोखरा ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको बताएका थिए । एसपी कार्कीले… पुरा पढौ

पोखरामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

जुवा तास
पोखरा, ४ असार/ कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ नयाँ एयरपोर्ट क्षेत्रबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो करिब ४ बजे जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ९ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ९१ हजार ५३५ रुपैयाँ र १ हजार ८३ वटा तासका पत्ती बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि “सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर” अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दा… पुरा पढौ

पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ

पोखराको विरौटामा महिलामाथी चक्कु प्रहार, एक जना पक्राउ
पोखरा, ३ असार/ पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक लेनदेन सम्बन्धी विवादका क्रममा एक महिला माथि चक्कु प्रहार भएको छ । बुधबार करिब चार बजे पछि पोखरा–२८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटा बस्दै आएकी ४७ वर्षीया मुना तिवारी माथि उनका ज्वाइँ ४३ वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । अधिकारीको स्थायी घर लमजुङको मध्यनेपाल नगरपालिका–२ रहेको छ । चक्कु प्रहारबाट घाइते तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ । उनलाई उपचारका लागि पोखरा–१७ स्थित नोबेल अस्पताल… पुरा पढौ