
जेन्जी आन्दोलनमा जलेको पोखरा महानगरको भवन भत्काउन सुरु
पोखरा, २० असोज/ जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको पोखरा महानगरपालिकाको प्रशासनिक भवन भत्काउन सुरु गरिएको छ।
आन्दोलनका क्रममा आगलागी भएपछि भवनको संरचनामा ठूलो क्षति पुगेको थियो भने कार्यालयका कागजपत्र जलेर नस्ट भएका थिए ।
क्षतिग्रस्त भवनलाई थप जोखिम हुन नदिन महानगरपालिकाले भत्काउने प्रक्रिया अघि बढाएको हो। भत्काएर सबै खाली गर्ने र पोखरा महानगरपालिकालाई ३ लाख ९३ हजार रुपैया दिने गरी जेसीका कम्पनीले सम्झौता गरेर काम थालेको पोखरा महानगरपालिकाका सुचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए ।
भवनको संरचनात्मक अवस्थाको मूल्याङ्कन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि अहिले भवन हटाउने काम सुरु गरिएको उनले बताए ।
आगलागीबाट क्षतिग्रस्त प्रशासनिक भवन हटाएर महानगरपालिकाले त्यस ठाउँमा अण्डरग्राउण्ड पार्किङ सहितको व्यवसायीक कम्प्लेस बनाउने तयारीमा छ । महानगरले प्रशासनीक भवन पोखरा ७ राष्टिबैंक चोक नजिक बनाउने योजनामा छ ।







