पोखरामा पर्यटकलाई झोला तान्ने र दुःख दिने पाँच जना पक्राउ

-


     क्लिक गण्डकी     
     असाेज १८ गते २०८३ मा प्रकाशित


पोखरामा पर्यटकलाई झोला तान्ने र दुःख दिने पाँच जना पक्राउ

पोखरामा पर्यटकलाई झोला तान्ने र दुःख दिने पाँच जना पक्राउ

पोखरा, १८ असोज/ पोखरामा पर्यटकलाई दुःख हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले असोज १७ र १८ गते पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सर्वसाधारण तथा पर्यटकलाई लक्षित गरी सस्तोमा होटल मिलाइ दिने भन्दै झोला तान्ने, करकाप गर्ने र अनावश्यक दुःख हैरानी दिने पाँच जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्रकुमार पासवानले जानकारी दिए ।

नियन्त्रणमा लिइएका उनीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले पर्यटकलाई अनावश्यक दुःख दिने, जबर्जस्ती होटल तथा अन्य सेवा लिन दबाब दिने गतिविधि माथि निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।