
बैकुण्ठराज तिमसेना
पोखरा, २० असोज/ ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी तर्फबाट बैकुण्ठराज तिमसेना सञ्चालक पदमा नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको २५७ औँ बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उनीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव छ । उनले यसअघि संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
नवनियुक्त सञ्चालक तिमसेनालाई बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी तथा व्यवस्थापन समूहले स्वागत गर्दै शुभकामना दिए ।
नवनियुक्त सञ्चालक तिमसेनाले सञ्चालक समिति प्रति आभार व्यक्त गर्दै शेयरधनीको हित संरक्षण र बैंकको संस्थागत सुशासनलाई मजबुत बनाउने बताए ।







