बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

-


     क्लिक गण्डकी     
     असाेज १७ गते २०८३ मा प्रकाशित


पाैडी डुवेर

पाैडी डुवेर

पोखरा, १७ असोज/ पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । बेगनास तालमा पौडी खेल्ने क्रममा सल्यान घर भई हाल पोखरा–३१ स्थित साङ्ग्रिला होटलमा काम गर्ने २४ वर्षीय नरेश बिक मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बेपत्ता युवकको खोजी तथा उद्धारका लागि प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।

टोलीले करिब ७ बजे तालबाट विकलाई मृत फेला पारेको हो । उनको शव पोष्टमार्टका लागि पश्चिमाञ्ल क्षेत्रिय अस्पतालमा राखीएको छ ।