समाचार

पोखरामा बसमा सवार महिलाको व्याग चोरी गर्ने तीन जना पक्राउ

पोखरामा बसमा सवार महिलाको व्याग चोरी गर्ने तीन जना पक्राउ
पोखरा, १ साउन/ कास्की प्रहरीले बसमा यात्रा गरिरहेकी एक महिलाको व्याग चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा यात्रा गरिरहेकी स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ राङ्खोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको थियो। घटनाबारे सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रपुर नगरपालिका–१५ निवासी ४२ वर्षीय गुरु प्रसाद… पुरा पढौ

पोखरामा हतियार सहित दुई जना पक्राउ

पोखरामा हतियार सहित दुई जना पक्राउ
पोखरा, ३२ असार/ पोखरा महानगरपालिका १४ मझेरीपाटनबाट भरुवा बन्दुक र धारिलो हतियार सहित दुई जना पक्राउ परेका छन्। असार ३१ गते राति करिब १० बजे पोखरा महानगरपालिका–१४ मझेरीपाटन निवासी ३० वर्षीय साजन बिकले अवैध रूपमा भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा साजन बिक सुत्ने कोठामा लुकाईछिपाई राखिएको एक नाल भरुवा बन्दुक र एक थान फलामको धारिलो हतियार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले साजन बिकलाई… पुरा पढौ

पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, २४ वर्षीय युवाको निधन

दुर्घटना
पोखरा, ३१ असार/ पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्वत घर भएका एक युवाको निधन भएको छ। पोखरा महानगरपालिका–४ पालिखेचोकमा बुधबार बिहान करिब २ः३५ बजे ग १६ प २४१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पर्वत घर भएका एक युवाको निधन भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार पर्वतको फलेवास नगरपालिका–५ खानिगाउँ निवासी २४ वर्षीय सुमन सुनारको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। मोटरसाइकल चालक अर्घाखाँची घर… पुरा पढौ

नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त

नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त
पोखरा, ३० असार/ नेपाल पर्यटन बोर्डको सदस्यमा सरकारले पाँच जनालाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार पोखराका होटल व्यवसायी सन्तोष पोखरेल सहित पाँच जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । पोखरेलसँगै आरोग्य पर्यटन क्षेत्रबाट डा सोविता श्रेष्ठ ढकाल, पर्यटन व्यवसायी पेम्बा शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष खुमबहादुर सुवेदी र आईटी तथा वेलनेस पर्यटन विज्ञ सृजना केसीलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ। नवनियुक्त सदस्य… पुरा पढौ

बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ

बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ
पोखरा, २९ असार/ बहुमूल्य क्रिस्टल रहेको भन्दै करोडौं रुपैयाँमा बिक्री हुने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–२८ निवासी दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तत्काल फुलाउने अद्भुत शक्तियुक्त बहुमूल्य क्रिस्टल रहेको भन्दै फोटो र भिडियोसमेत देखाएर विश्वास दिलाइएको थियो। उक्त क्रिस्टल बिक्री गर्दा अरबौं रुपैयाँ प्राप्त हुने प्रलोभनमा पारेर उनीबाट नगद १० लाख रुपैयाँ ठगी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपितहरूले… पुरा पढौ

पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ

पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ
पोखरा, २९ असार/ कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवास्थित क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट UP53EY7704 नम्बरको कार रोकी जाँच गर्दा कारको विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा डाइजापाम… पुरा पढौ

कास्कीको किम्रुङ खोलामा बाढी र पहिरो, पुल बगायो, ४० घर प्रभावित

कास्कीको किम्रुङ खोलामा बाढी र पहिरो, पुल बगायो, ४० घर प्रभावित
पोखरा, २७ असार/ वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी र पहिरो आएको छ । बाढीका कारण किम्रुङ खोलामा रहेको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् । किम्रुङ खोलाको पुल बगेपछि खोलापारि रहेको बस्तीसँग सम्पर्क टुटेको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । यस्तै, स्याउली बजार क्षेत्रमा रहेको ७ वटा होटलमा पनि पानी पसेको छ । त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको केसीले बताए । यता, मोदी खोलामा पानीको बहाव उच्च भएपछि बिरेठाँटी क्षेत्रका नागरिकलाई… पुरा पढौ

श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई, २ लाख २२ हजार २ सय २२ राशी

श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई, २ लाख २२ हजार २ सय २२ राशी
पोखरा, २७ असार/ श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठीको २१९ औं जन्मजयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८२ सो आश्रमलाई अर्पण गर्न लागिएको जानकारी दिइएको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । छनौट समितिको सिफारिसमा मानव सेवामा समर्पित सो आश्रमलाई पुरस्कार प्रदान… पुरा पढौ

पोखराको सेदीबाट अनलाइन सट्टेबाजी गराउने ८ जना पक्राउ, २० करोडको कारोबार

पोखराको सेदीबाट अनलाइन सट्टेबाजी गराउने ८ जना पक्राउ, २० करोडको कारोबार
पोखरा, २६ असार/ पोखराको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय जीवन श्रेष्ठको घरमा छापा मारेको थियो । सफ्टवेयरको काम गर्ने भन्दै ७ वटा कोठा भाडामा लिएर उनीहरूले अनलाइन गेम र सट्टेबाजी (बेटिङ) गराइरहेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई रंगेहात समातेको हो । प्रहरीले बरामद गरेका ३ वटा कम्प्युटरका सिटहरूमा ठूलो… पुरा पढौ

गण्डकीमा गाँजा खेती गर्न पाइने, प्रदेश सभाबाट पारित भयो विधेयक

गण्डकीमा गाँजा खेती गर्न पाइने, प्रदेश सभाबाट पारित भयो विधेयक
पोखरा, २५ असार/ गण्डकी प्रदेशले गाँजा खेतीलाई वैधानिकता पाएको छ । प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक बिहीबार सर्वसम्मत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो । सरकारले संसद्मा दर्ता गराएको मूल विधेयकलाई प्रदेश सभाको अर्थ तथा विकास समितिले लामो छलफल र परिमार्जन सहित संशोधन प्रतिवेदन सभामा पेस गरेको थियो । सोही संशोधनसहितको विधेयक बिहीबारको बैठकबाट पारित भएको हो । अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी खेतीको अनुमति लिन सकिने छ । यसका… पुरा पढौ