समाचार

बेगनास गाउँबाट देखिन्छ प्रकृतिको अनुपम दृश्य

बेगनास गाउँबाट देखिन्छ प्रकृतिको अनुपम दृश्य तस्बिरः सुजुकी रानाभाट
पोखरा, ४ असोज/ पोखरा महानगरपालिका ३१ बेगनास गाउँबाट तलतर्फ नियाल्दा देखिने प्राकृतिक दृश्यले जो–कोहीको मन लोभ्याउँछ। अग्लो डाँडाबाट हेर्दा तल शान्त र नीलो बेगनास ताल र केही पर रुपा ताल देखीन्छ । वरिपरिका हरियालीले भरिएका डाँडाकाँडा, ग्रामीण बस्ती र घुमाउरा सडकले यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रचार हुन थालेको छ । पोखरा ३१ माझीकुनाबाट भञ्ज्याङ हुदै नेपाले चौतारा पुग्न सकिन्छ । यो ठाउँ र गैरी खेत सम्म आफ्नो सवारी साधनमा जान सकिने र डाडाँमा पुगेपछि रमणीय दृश्य हेर्न सकिने… पुरा पढौ

मोदीखोलाको बाढीले भत्काएको वीरेठाँटी सडक सञ्चालनमा, घान्दुक जाने बाटो खुल्यो

मोदीखोलाको बाढीले भत्काएको वीरेठाँटी सडक सञ्चालनमा, घान्दुक जाने बाटो खुल्यो
पोखरा, ३ असोज/ साउन २२ गते मोदीखोलामा आएको बाढीका कारण भत्किएको अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीको सडक पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ। शुक्रबार देखी सडक सञ्चालनमा आएपछि पर्यटकीय क्षेत्र घान्दुक, विरेठाटी, उल्लेरी लगाएका क्षेत्र सडक सञ्जालमा जोडिएको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताए । पर्यटकी सिजन शुरु हुन थाल्दा बाटो बाढीले बगाउदा पर्यटन व्यवसायीहरु चिन्तित थिए । अन्नपुर्ण बेसक्याम जाने मुख्य बाटो नै यही हो । अन्नपूर्ण गाउँपालिकाका ८, ९, १० र ११ का लागि मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग जोडिने… पुरा पढौ

डुलुवाको अध्यक्षमा योगेश भट्टराई निवाचित

डुलुवाको अध्यक्षमा योगेश भट्टराई निवाचित
पोखरा, २ असोज/ डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभबाट योगश भट्टराई निवाचित भएका छन् । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टेमा सम्पन्न अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्ष सुनिल बहादुर भट्टराई, सचिबमा ठाकुर प्रसाद बराल, कोषाध्यक्षमा विकास भट्टराई, सदस्यमा अनिल केसी, विशेष थापा, सरोज भट्टराई, बसन्त महत, घनश्याम गौतम, भरत प्रसाद तिमिल्सिना र अभित थापा चयन भएका छन् । अधिबेसनको उद्घाटन गर्दै दीपेन्द्र पहारीले डुलुवाले नेपालका विभिन्न नयाँ तथा ओझेलमा परेका गन्तव्यको खोजी,… पुरा पढौ

पोखरा–दुबई सिधा उडानः सफल बनाउन गण्डकी प्रदेश सरकार सक्रियता, व्यवसायीको छुट प्याकेज

पोखरा–दुबई सिधा उडानः सफल बनाउन गण्डकी प्रदेश सरकार सक्रियता, व्यवसायीको छुट प्याकेज
पोखरा, २ असोज/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको भन्दै पोखराका पर्यटन व्यवसयी उत्साहीत भएका छन् । गण्डकी प्रदेश सरकारले उडानलाई सफल बनाउन लागि शुक्रबार राखेको कार्यक्रममा व्यवसायीले उतसाहीत हुदै विभिन्न छुट प्याकेज समेत घोषणा गरे । पर्यटन व्यवसायी र निजी क्षेत्रले उडानलाई दिगो बनाउन विभिन्न छुटका प्याकेजहरु घोषणा गरेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झण्डै तीन वर्ष हुन थाल्दा संयुक्त अरब इमिरेट्सको दुबईसँग नियमित हवाई सम्पर्क जोडिँदैछ । फ्लाई दुबईले असोज ७ गते अर्थात्… पुरा पढौ

पोखराको जग्गा बर्गीकरणको काम सकियो, कित्ताकाट खुल्यो

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २९ भदौ /पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरणको काम सके सगँ जग्गाको कित्ताकाट खुल्ला भएको छ । महानगरले नगर क्षेत्रभित्रको सम्पूर्ण भू–उपयोग वर्गीकरणको काम सकेर कित्ताकाटको खुल्ला गरेको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए । पोखराका ३३ वटै वडाका झण्डै ७ लाख कित्ता जग्गाको कित्ताकाट खुल्ला भएको उनले बताए । महानगरले कित्ताकाटका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पत्र पठाएको छ । महानगरपालिका, भूमि प्रशासन र नापी कार्यालयसहितको संयुक्त बैठक र आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी वर्गीकरणको काम अन्तिम चरणमा पुगेको… पुरा पढौ

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट
पोखरा, २७ भदौ/ पोखराको लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका–२९ भण्डारढिक घर भई हाल पोखरा–५ मालेपाटनस्थित विद्युत् वितरण केन्द्रमा ज्यालादारीमा काम गर्दै आएका ३४ वर्षीय सन्तोष केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखरा–६ लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा केसीलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी पोलबाट खसेर घाइते भएका थिए। घाइते केसीलाई तत्काल उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । केसीलाई… पुरा पढौ

डुलुवाद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८६ हजार सहयोग

डुलुवा
पोखरा, २६ भदौ/ पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख ८६ हजार ७ सय २३ रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले डुलुवा समूहले रकम प्रदान गरेको समूहका सचिब ठाकुरप्रसाद बरालले जानकारी दिए । राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा अहिले सम्म १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९… पुरा पढौ

पोखरामा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

पोखरामा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु
पोखरा, २४ भदौ/ पोखरामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। पोखरा–बुद्धचोकमा दिउँसो भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । घाइते चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। मृत्यु हुने मोटरसाइकल चालकको हालसम्म पहिचान खुल्न सकेको छैन… पुरा पढौ

पोखरामा सहकारीको ताला फोडेर सिसिटिभिको डिभिआर चोरी

चोरी
पोखरा, २३ भदौ/ पोखरा महानगरपालिका–१९ चितेपानीस्थित एक सहकारी संस्थामा चोरी भएको छ। सहकारीको मुख्य गेटको ताला फोडेर कार्यालयभित्र प्रवेश गरी सिसिटिभिको डिभिआर बक्स चोरी भएको छ । सोमबार राति पोखरा–१९ चितेपानीस्थित अकलादेवी महिला बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो। सहकारीको मुख्य गेटको ताल्चा फोडिएको र कार्यालय कोठामा रहेको सिसिटिभिको डिभिआर बक्स चोरी भएको छ । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ… पुरा पढौ

पोखरा पर्यटन परिषद्मा पदाधिकारी चयन, उपाध्यक्षमा हरिराम, महासचिबमा मिलन

पोखरा पर्यटन परिषद्मा पदाधिकारी चयन, उपाध्यक्षमा हरिराम, महासचिबमा मिलन
पोखरा, २३ भदौ/ पोखरा पर्यटन परिषद्को पदाधिकारी चयन तथा पदस्थापन भएको छ । परिषद्को २६औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनबाट हरि भुजेल अध्यक्षमा निर्वाचित भएका थिए । समितिको प्रथम उपाध्यक्षमा हरिराम अधिकारी चयन भएका छन् । उनी ट्रेकिङ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स गण्डकीका पुर्व अध्यक्ष हुन् । त्यसै गरी महासचिबमा मिलन तिवारी चयन भएका छन् । तिवारी नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्सबाट प्रतिनिधित्व गरेका छन् । त्यसै गरी द्धितिय उपाध्यक्षमा नारायणप्रसाद सुबेदी चयन भएका छन् ।… पुरा पढौ