
आगोलागि
पोखरा, २८ असोज/ पोखरा महानगरपालिका–३ नदिपुरस्थित एक मासु पसलमा ग्यास चुहिएर आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बर्दिया घर भई हाल नदिपुर बस्दै आएका ५५ वर्षीय लहरी चौधरीले सञ्चालन गरेको गुरुङसेती फ्रेस हाउसमा मासु पोल्ने क्रममा ग्यास लिगभई आगलागी भएको प्रहरीले जानकारी दिए ।
आगलागीको खबर प्राप्त हुनासाथ नदिपुरस्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी वरिष्ठ हवल्दार डम्मरबहादुर भट्टको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका दुईवटा डीप फ्रिज र वाइफाइ राउटरमा क्षति पुगेको छ।







