पोखरा–५ मा विद्युत् सर्ट हुँदा आगलागी

-


     क्लिक गण्डकी     
     कार्तिक ६ गते २०८३ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, ५ कात्तिक/ पोखरा महानगरपालिका–५ गोलचौतारामा विद्युत् मिटरबक्स सर्ट भएर आगलागी हुँदा दुई कोठामा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।

पोखरा ५ मालेपाटनका विशाल नेपालीको टिनले छाएको दुई कोठे घरमा विद्युत् मिटरबक्स सर्ट भई आगलागी भएको हो।

आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा राति १२ः५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट घरका दुईवटै कोठामा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। आगलागीबाट भएको आर्थिक क्षतिको विवरण खुल्न बाँकी रहेको छ।