नेपाल हवाई खेलकुद संस्था ‘ना’को अध्यक्षमा माधव तिवारी निर्वाचित (कसको कति मत?)

-


     क्लिक गण्डकी     
     असाेज ८ गते २०८३ मा प्रकाशित


नेपाल हवाई खेलकुद संस्था ‘ना’को अध्यक्षमा माधव तिवारी निर्वाचित

नेपाल हवाई खेलकुद संस्था ‘ना’को अध्यक्षमा माधव तिवारी निर्वाचित

पोखरा, ८ असोज/ नेपाल हवाई खेलकुद संस्था (ना) को बिहीबार पोखरामा सम्पन्न भएको २३ औँ साधारण सभा तथा ११औँ अधिवेशनले माधव तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । दुई बर्षे कार्यकालका लागि अध्यक्ष पदमा तिवारीले दुई अध्यक्षका प्रत्यासीलाई पछि पार्दै विजयी भए ।

अध्यक्ष तिवारीले १३६ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम् प्रतिस्पर्धी सानुबाबु सुनुवारले १२३ र खेमराज आचार्यले १४ मत प्राप्त गरे ।

निर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाईडिङलाई व्यबस्थित र मर्यादित पेशा बनाउन बिषेश भुमिका खेल्ने बताए । त्यसै गरी प्रथम उपाध्यक्षमा विजय गौतम १६६ मतसहित निर्वाचित हुदाँ नारायण पराजुलीले १०६ मत प्राप्त गरे ।

महासचिवमा रोशन गौतम १९२ मतसहित निर्वाचित हुँदा कमला नेपालीले ७८ मत प्राप्त गरे । सचिवमा शर्मिला शर्मा १६० मतसहित विजयी हुँदा भुवन गाहाले ११६ मत प्राप्त गरे । कोषाध्यक्षमा रामचन्द्र सुवेदी ‘राजु’ १३१ मतसहित निर्वाचित भए भने उनका निकट्तम प्रतिस्पर्धी सुरेश कुमार श्रेष्ठले ८४ र रेशमबहादुर थापाले ५१ मत प्राप्त गरे ।

प्राविधिक उपाध्यक्षमा सुरेश थापा निर्विरोध निर्वाचित भए । सदस्यमा अमित थापा, लक्ष्मण कुँवर, प्रकाश भुजेल, युवराज गौतम, रेवतीरमण पराजुली, रविन अधिकारी र दीपक थापा निर्वाचित भएका छन् । संस्थाको निवर्तमान अध्यक्षमा अनिल केसी रहेका छन् ।