
पोखरामा बजार अनुगमन मोहित ट्रेडर्सलाई २ लाख जरिवाना
पोखरा, ४ असोज/ जिल्ला अनुगमन समिति कास्कीले पोखरामा बजार अनुगमनलाई तिब्रता दिएको छ । अनुगमनका क्रममा पोखरा नयाँबजारको मोहित ट्रेडर्सलाई २ लाख जरिवाना गरेको छ ।
ट्रेडर्सले सरसफाइ नभएको, बजारबाट फिर्ता आएका सामानलाई पुर्न प्याक गर्ने गरेको पाइएपछि २ लाख रुपैया जरिवाना गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उपभोक्ताले गुनासो गरेपछि समितिको टोली बजार अनुगमनका लागि त्यहाँ पुगको थियो । त्यसै गरि समितिले शनिबार र आइतबार पोखराका विभिन्न पसल तथा स्टोरमा अनुगमन गरेको थियो ।







