
पोखरा स्कुल बस दुर्घटनाः
पोखरा, २३ असोज/ पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये चार जनाको पहिचान खुलेको छ । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चार विद्यार्थी सहित पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नविन कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ बर्षकी सुबेच्छा तिवारी र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् । करिब १५ बर्षीया एक जना बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
ग२ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको गण्डकी मेडिकल कलेज र १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू कक्षा १० का विद्यार्थी रहेको र परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै थिए ।
गम्भीर घाइतेः १. अस्मी कँडेल (१५ वर्ष, पोखरा–२८) – टाउको र ढाडमा चोट
मध्यम घाइतेहरूः
१. स्नेहा खत्री (१४ वर्ष, पोखरा–२८) – टाउकोमा चोट
२. सोनिया तिवारी (१३ वर्ष, पोखरा–२८) – टाउकोमा चोट
३. अंकित पराजुली (१३ वर्ष, पोखरा–२८) – टाउकोमा चोट
४. स्मृती खत्री (१५ वर्ष, मादी गाउँपालिका–१२) – टाउकोमा चोट
५. स्नेहा तिवारी (१६ वर्ष, मादी गाउँपालिका–१२) – टाउकोमा चोट
६. आकृती बुढाथोकी (१४ वर्ष, मादी गाउँपालिका–१२) – टाउकोमा चोट
७. मेरिना तिवारी (१५ वर्ष, मादी गाउँपालिका–१२) – टाउकोमा चोट
८. सुप्रिया आचार्य (१४ वर्ष, मादी गाउँपालिका–१२) – टाउकोमा चोट
९. यमन मगर (१६ वर्ष, मादी गाउँपालिका–१२) – टाउकोमा चोट
१०. तुल बहादुर गुरुङ (५७ वर्ष, चालक, पोखरा–१५) – ढाड र छातीमा चोट
११. अर्जुन शाही ३१ वर्षको
गण्डकी मेडिकल कलेज
मध्यम घाइते
१. सृष्टि तिवारी (१६ वर्ष, पोखरा–२८ सौर्य, कक्षा १०) – टाउको, दायाँ कुम, कम्मर र दायाँ खुट्टामा चोट
२. शिसन थापा मगर (१६ वर्ष, पोखरा–२८ सौर्य, कक्षा १०) – टाउको, ढाड र दुवै हातमा चोट
३. सौगात तिमिल्सिना (१६ वर्ष, पोखरा–२८ डाँडागाउँ, कक्षा १०) – टाउको, ढाड र दुवै खुट्टामा चोट
उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीया प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका थिए । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार पछि काममा फर्किएका छन् ।







