कास्कीको मादीमा चट्याङ

-


     क्लिक गण्डकी     
     असाेज २१ गते २०८३ मा प्रकाशित


चट्याङ

चट्याङ

पोखरा, २१ असोज/ कास्कीको मादी गाउँपालिका–११ खिमाजेमा चट्याङ परेको छ । चट्याङ लागेर दुई वटा बाख्रा मरेका छन्।

खिमाजेमा स्थानीय केशराज पौडेलको गोठमा बाँधेर राखिएका दुई वटा बाख्राका बोकालाई बुधबार चट्याङ लागेको हो। चट्याङ लागेर दुवै बाख्रा मरेको प्रहरीले जनाएको छ।

घटनाबारे बिहान करिब १० बजे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट भगवतीटार, कास्कीबाट प्रहरी सहायक हवल्दार कमल खनखवासको कमाण्डमा टोली घटनास्थल पुगेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।