पोखरामा राइफल गोली २ राउण्ड र लागूऔषधसहित एक जना युवक पक्राउ

-


     क्लिक गण्डकी     
     असाेज २२ गते २०८३ मा प्रकाशित


पोखरामा राइफल गोली २ राउण्ड र लागूऔषधसहित एक जना युवक पक्राउ

पोखरामा राइफल गोली २ राउण्ड र लागूऔषधसहित एक जना युवक पक्राउ

पोखरा, २२ असोज/ पोखरा महानगरपालिका–३ नदिपुरबाट राइफलका दुई राउण्ड गोली र लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले नदिपुरस्थित २३ वर्षीय रविनबहादुर नेपालीको घरकोठामा खानतलासी गरेको थियो।

पोखरा महानगरपालिका–१८ सराङकोट घर भई पोखरा–३ नदिपुरमा बस्दै आएका उनको कोठा खानतलासीका क्रममा एसआरएल राइफलको एक राउण्ड गोली, ३०३ राइफलको एक राउण्ड गोली, एक किलो ५० ग्राम गाँजा र टापेन्टाडोलका ४० चक्की बरामद भएको प्रहरीले जनाएको छ।

उनको साथबाट ४३ हजार ४२० रुपैयाँ नगद र एक थान मोबाइल फोन प्रहरीले बरामद गरिएको छ।

प्रहरीले नेपालीलाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।