
पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु
गण्डकी मेडिकल कलेज(GMC)मा उपचारत घाईतेहरु:-
१.जिल्ला कास्की पोखरा म.न.पा. २८ सौर्य बस्ने बर्ष १६ कि सृष्टि तिवारी(कक्षा १० मा अध्यनरत)-टाउको, दाँया कुम, कम्मर र दाँया खुट्टामा चोट अवस्था मध्यम, बोल्न सक्ने
२.ऐ.ऐ. २८ सौर्य बस्ने बर्ष १६ को शिसन थापा मगर(कक्षा १० मा अध्यनरत)-टाउको,ढाड र दुवै हातमा चोट, अबस्था मध्यम
३. ऐ.ऐ. २८ डाडागाउ बस्ने बर्ष १६ को सौगात तिमिल्सिना(कक्षा १० मा अध्यनरत)-टाउको, ढाड र दुवै खुट्टामा चोट, अवस्था मध्यम ।
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचारत घाईतेहरु:-
१.जिल्ला कास्की पोखरा म.न.पा. २८ बस्ने ऐ.ऐ. बस्ने बर्ष १५ कि अस्मी कँडेल-टाउको र ढाडमा चोट अवस्था सिरियस ।
२.ऐ.ऐ. बस्ने बर्ष १४ कि स्नेहा गौतम-टाउकोमा चोट, अवस्था मध्यम ।
३.ऐ.ऐ. बस्ने बर्ष १३ कि सोनिया तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. बर्ष १३ को अंकित पराजुली-टाउकोमा चोट, अवस्था मध्यम ।
५.ऐ. मादी गा.पा. १२ बस्ने बर्ष १५ कि स्मृती खत्री- टाउकोमा चोट, अवस्था मध्यम ।
६. ऐ.ऐ.बस्ने बर्ष १६ कि स्नेहा तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।
७. ऐ.ऐ. बस्ने बर्ष १४ कि आकृती बुढाथोकी-टाउकोमा चोट, अवस्था मध्यम ।
८. ऐ.ऐ. बस्ने बर्ष १५ कि मेरिना तिवारी- टाउकोमा चोट, अवस्था मध्यम ।
९. ऐ.ऐ. बर्ष १४ कि सुप्रिया आचार्य- टाउकोमा चोट, अवस्था मध्यम ।
१०. ऐ.ऐ. बस्ने बर्ष १६ को यमन मगर- टाउकोमा चोट, अवस्था मध्यम ।
११. वतन नखुलेको अं. १२/१३ कि ममता तिवारी -टाउकोमा चोट, अवस्था सिरियस,ऐ.ऐ. ०८:३५ बजे मृत्यु घोषणा ।
१२. वतन नखुलेको अं. बर्ष १३/१४ को अशिम कंडेल- टाउकोमा चोट, अवस्था सिरियस, ऐ.ऐ. ०८:३५ बजे मृत्यु घोषणा ।
१३.चालक:- जिल्ला कास्की पोखरा १५ बस्ने बर्ष ५७ को तुल बहादुर गुरुङ-ढाड र छातीमा चोट,अवस्था मध्यम ।
१४.सोही बसमा सवार(उपचार गर्न भनि लिफ्ट मागेको) ऐ.ऐ. पोखरा २८ बस्ने बर्ष ६५ बाबुराम तिवारी-अवस्था सिरियस, ऐ.ऐ. ०८:३५ बजे मृत्यु घोषणा ।
१५.नामथर वतन नखुलेको बर्ष अं. १३/१४ कि बालिका- अवस्था सिरियस ।
१६. नामथर वतन नखुलेको बर्ष अं. १३/१४ कि बालिका- अवस्था सिरियस ।
उद्धारको क्रममा प्रहरी घाईते:-
१.व.प्र.का.बगर दरबन्दी भई हाल इ.प्र.का. शिशुवामा कार्यरत बर्ष ३१ को प्र.ज.अर्जुन शाही(कम्पुटर-467031 संकेत नं.- C-00134777) सामान्य घाईते, पश्चिम क्षेत्रिय गण्डकी अस्पतालमा उपचार भईरहेको ।







