
पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु
पोखरा, २३ असोज/ पोखरामा स्कुल बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो ।
दुर्घटनाग्रस्त बसमा २१ जना रहेको र तीमध्ये १९ जना विद्यार्थी थिए । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले कास्की प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिएका छन् ।
घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका पाँच जनाको मृत्यु भएको हो।







