पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजार बढि यात्रु आउजाउ

-


     क्लिक गण्डकी     
     कार्तिक ७ गते २०८३ मा प्रकाशित


दुबई–पोखरा–दुबई उडान दोस्रो दिन पनि, यात्रु उत्साहजनक

दुबई–पोखरा–दुबई उडान दोस्रो दिन पनि, यात्रु उत्साहजनक

पोखरा, ६ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान सुरु भएको एक महिना पूरा भएको छ ।

सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्ममा फ्लाईदुबईको उडान मार्फत ६ हजार ३ सय ६२ यात्रुले यात्रा गरेको विमानस्थल जानकारी दिएको छ ।

उडान मार्फत दुबईबाट पोखरा ४ हजार ५ सय २१ र पोखराबाट दुबई जाने यात्रुको सख्या १ हजार ८ सय ४१ रहेको छ ।
एक महिनाको तथ्याङ्कअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रति उडान औसत करिब १५१ र पोखराबाट दुबई जाने यात्रुको औसत करिब ६१ रहेको छ । दुवैतर्फ गरी प्रतिउडान औसत करिब १०६ यात्रुले यात्रा गरेका छन् ।

पोखरा–दुबई हवाई सम्पर्कलाई निरन्तरता दिने प्रतिबद्धता स्वरूप फ्लाईदुबईले सन् २०२७ अक्टोबर सम्मका लागि टिकट बुकिङ खुला गरेको छ ।

यसले पोखराबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरता प्रति आशा जगाएको पोखरा महानगरपालिका मयेर धनराज आचार्यले बताए । पोखरा–दुबई नियमित उडानले पोखराको पर्यटन, आर्थिक चलायमान र अन्तर्राष्ट्रिय आवागमनमा थप सहजता ल्याउने उनको अपेक्षा छ ।