समाचार

पोखरामा सहकारीको ताला फोडेर सिसिटिभिको डिभिआर चोरी

चोरी
पोखरा, २३ भदौ/ पोखरा महानगरपालिका–१९ चितेपानीस्थित एक सहकारी संस्थामा चोरी भएको छ। सहकारीको मुख्य गेटको ताला फोडेर कार्यालयभित्र प्रवेश गरी सिसिटिभिको डिभिआर बक्स चोरी भएको छ । सोमबार राति पोखरा–१९ चितेपानीस्थित अकलादेवी महिला बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो। सहकारीको मुख्य गेटको ताल्चा फोडिएको र कार्यालय कोठामा रहेको सिसिटिभिको डिभिआर बक्स चोरी भएको छ । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ… पुरा पढौ

पोखरा पर्यटन परिषद्मा पदाधिकारी चयन, उपाध्यक्षमा हरिराम, महासचिबमा मिलन

पोखरा पर्यटन परिषद्मा पदाधिकारी चयन, उपाध्यक्षमा हरिराम, महासचिबमा मिलन
पोखरा, २३ भदौ/ पोखरा पर्यटन परिषद्को पदाधिकारी चयन तथा पदस्थापन भएको छ । परिषद्को २६औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनबाट हरि भुजेल अध्यक्षमा निर्वाचित भएका थिए । समितिको प्रथम उपाध्यक्षमा हरिराम अधिकारी चयन भएका छन् । उनी ट्रेकिङ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स गण्डकीका पुर्व अध्यक्ष हुन् । त्यसै गरी महासचिबमा मिलन तिवारी चयन भएका छन् । तिवारी नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्सबाट प्रतिनिधित्व गरेका छन् । त्यसै गरी द्धितिय उपाध्यक्षमा नारायणप्रसाद सुबेदी चयन भएका छन् ।… पुरा पढौ

चिया पसलदेखि उद्योग वाणिज्य संघको अध्यक्ष सम्मः शोभाको संघर्ष र नेतृत्व यात्रा

चिया पसलदेखि उद्योग वाणिज्य संघको अध्यक्ष सम्मः शोभाको संघर्ष र नेतृत्व यात्रा
पोखरा, २३ भदौ/ पोखरा उद्योग वाणिज्य संघको कार्यालय र गैह्रापाटनस्थित एउटा चिया पसलबीचको दूरी खासै लामो छैन । तर, यही छोटो दूरी पार गर्न शोभा गौतमलाई जीवनको लामो संघर्ष गर्नुपर्‍यो । २०३७ सालमा कास्कीकोटको सामान्य परिवारमा जन्मिएकी शोभाको १६ वर्षकै उमेरमा विवाह भयो । विवाहपछि जीवनले नयाँ मोड लियो । श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला उनी पोखरा आइन् र छोरालाई गर्भमा राखेरै व्यवसायिक यात्रा सुरु गरिन् । गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्कीको अगाडि उनले चिया पसल सञ्चालन गरिन् । द्वन्द्वकालको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतम विजयी (कस्को कति मत)

शोभा गौतम
पोखरा, २२ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्दै विजयी भइन् । गौतमले ७ सय ५१, पोखरेलले ६ सय ३७, बुद्धाचार्यले ६ सय १ र आचार्यले २ सय ५३ मत प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व पाएको छ । यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघः २२ सय ७४ मत खस्यो, प्यानल मत क्रस भएपछि परिणाम रोमान्चक

पोखरा उद्योग वाणिज्य संघः २२ सय ७४ मत खस्यो, प्यानल मत क्रस भएपछि परिणाम रोमान्चक
पोखरा, २१ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन अन्तर्गतको मतदान आइतबार सम्पन्न भएको छ । मतदानमा पदाधिकारी तर्फ २ हजार २ सय ७४ मत खसेको छ भने सदस्य तर्फ २ हजार १ सय ८ मत खसेको छ । २ हजार ७ सय ३१ जनाले मतदाता रहेका छन् । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि अर्जुन पोखरे, उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम चुनावी मैदानमा छन् । बलराम आचार्य र शोभा गौतमको नेतृत्वमा पदाधिकारीहरुका दुईवटा प्यानल बनेको छन भने… पुरा पढौ

पोखरा याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

पाैडी डुवेर
पोखरा, २१ भदौ/ पोखरा महानगरपालिका–२५ याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–५, मालेपाटन बस्ने २१ वर्षीय मुक्तबहादुर रोक्का रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो करिब १२ः४५ बजे रोक्का याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए। प्रहरी टोलीले रोक्कालाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएको थियो । उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । पुरा पढौ

फेवातालमा कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

फेवातालमा कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
पोखरा, १९ भदौ/ पोखरा महानगरपालिका–१८ गैराकोचौतारा घुम्तीमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारका चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक… पुरा पढौ

पोखराको फेवातालमा कार खस्यो, चार जनाको उद्धार

दुर्घटना
पोखरा, १९ भदौ/ पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीबाट भारतीय नम्बर नखुलेको कार फेवातालमा खसेको छ। दुर्घटनामा कारमा सवार चारै जनाको उद्धार गरिएको छ। शुक्रबार बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको हो। दुर्घटना पछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेडक्वार्टर कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली घटनास्थल पुगेको थियो।… पुरा पढौ

पोखराको सुईखेतमा स्कुटर दुर्घटना, एक महिलाको मृत्यु

दुर्घटना
पोखरा, १७ भदौ/ पोखरा महानगरपालिका–२५ सुईखेतमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साँझ ५ः१५ बजे गण्डकी प्रदेश ०१–००२ प ३०७१ नम्बरको स्कुटर सुईखेतमा आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएकी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे घर भई हाल पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनमा बस्दै आएकी ५२ वर्षीया सुजाता सुनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। दुर्घटनामा स्कुटर चालक १८ वर्षीय… पुरा पढौ

पोखराको विजयपुर खोलाको ओरालोबाट स्कुटर नालीमा, दुई जना घाइते

पोखराको विजयपुर खोलाको ओरालोबाट स्कुटर नालीमा, दुई जना घाइते
पोखरा, १७ भदौ/ पोखराको विजयपुर खोलाको ओरालोमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरसिंहबाट चाउथेतर्फ जाँदै गरेको ग २३ प ५९९९ नम्बरको स्कुटर पोखरा १४ विजयपुर खोलाको ओरालोमा बुधबार राति करिब ९ः२५ बजे चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जना घाइते भएका छन्। दुर्घटनामा परेर स्कुटर चालक पोखरा–१४ चाउथे निवासी २१ वर्षीय धनबहादुर गुरुङ र पछाडि सवार २४ वर्षीय इन्द्रबहादुर गुरुङ घाइते भएका छन्। चालक धनबहादुरको सामान्य अवस्थामा रहेको छ… पुरा पढौ

This will close in 10 seconds