समाचार

कास्कीमा असोज महिनामा दुर्घटनामा परी ११ जनाको मृत्यु

पोखरा स्कुल बस दुर्घटनाः मृत्यु भएका चार जनाको पहिचान खुल्यो, को को घाइते सहित
पोखरा, ६ कात्तिक/ कास्कीमा असोज महिनामा विभिन्न ठाउँमा भएका दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो संख्या अन्य महिनाका तुलनामा बढी हो । ५९ सवारी दुर्घटनामा ७९ सवारी साधन परेका थिए । दुर्घटनामा परेका सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए । दुर्घटनाको विश्लेषण गर्दा तीव्र गतिका कारण बढी दुर्घटना… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा परि बाबु–छोराको मृत्यु

दुर्घटना
अर्घाखाँची, ५ कात्तिक/ अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटनामा परि बाबु–छोराको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान ८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले जानकारी दिएकोे । भूमिकास्थान नगरपालिका–२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरा–५ मा विद्युत् सर्ट हुँदा आगलागी

आगोलागि
पोखरा, ५ कात्तिक/ पोखरा महानगरपालिका–५ गोलचौतारामा विद्युत् मिटरबक्स सर्ट भएर आगलागी हुँदा दुई कोठामा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। पोखरा ५ मालेपाटनका विशाल नेपालीको टिनले छाएको दुई कोठे घरमा विद्युत् मिटरबक्स सर्ट भई आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा राति १२ः५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट घरका दुईवटै कोठामा रहेका सम्पूर्ण सामान… पुरा पढौ

पोखरा स्कुल बस दुर्घटनाः थप एक जनाका विद्यार्थीको मृत्यु

पोखरा स्कुल बस दुर्घटनाः मृत्यु भएका चार जनाको पहिचान खुल्यो, को को घाइते सहित
पोखरा, ४ कात्तिक/ पोखरा महानगरपालिका–२८, ओख्लेभीरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परेकी थप एक जना विद्यार्थीका मृत्यु भएको छ । पोखराबाट थप उपचारका लागि काठमाडौं लगिएकी १५ वर्षीया अस्मी कँडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कँडेलको काठमाडौंको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेको सख्या ६ पुगेको छ । असोज २३ गते माझठानाबाट कालिकातर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा सडकबाट करिब २०० मिटर तल खस्दा सोही दिन… पुरा पढौ

कास्की कारागारबाट फरार कैदी दुई दिन पछि पक्राउ

पोखरा, ३ कात्तिक/ कास्की कारागारबाट कात्तिक १ गते फरार भएका एक कैदीलाई दुई दिन पछि प्रहरीले पक्राउ गरेको छ । ज्यान र डाका सम्बन्धी मुद्दामा जन्मकैदको सजाय भोगिरहेका कास्की कारागारका फरार कैदी सन्तोष जलारीलाई पक्राउ गरेको हो । जलारीलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एक गेस्ट हाउसबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो। पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय जलारी कात्तिक १ गते राति करिब २ बजे कास्की कारागारबाट फरार भएका थिए। फरार कैदीको खोजी गर्ने क्रममा प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी… पुरा पढौ

पोखरा–जोमसोम हवाई सेवा नियमित गर्न टान गण्डकीको माग

पोखरा–जोमसोम–पोखरा हवाई सेवा नियमित गर्न टान गण्डकीको माग
पोखरा, २ कात्तिक/ पोखरा–जोमसोम–पोखरा हवाई सेवा नियमित गर्न टान गण्डकीको माग गरेको छ । दुर्गम क्षेत्रको हवाई उडान स्थगन गरेको प्रर्ति टान गण्डकीले ध्यानाकर्षण गराएको हो । दुर्गम क्षेत्रको हवाई उडान स्थगन गर्दा पर्यटन, यात्रु आवागमन तथा आपत्कालीन उद्धारमा समस्या बढ्ने भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । समिट एयर लिमिटेडले अक्टोबर २१, २०२६ देखि पोखरा–जोमसोम–पोखरा उडान अर्को सिजनसम्म सञ्चालन नगर्ने तथा तारा एयर प्रालिले अक्टोबर १९ देखि अर्को सूचना जारी नभएसम्म जोमसोम… पुरा पढौ

पोखरामा मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

पोखरामा मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ
पोखरा, ३१ असोज/ पोखरा महानगरपालिका–१६, सीतापाइलाबाट हराएको मोटरसाइकल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। असोज ३० गते राति करिब १० बजे सीतापाइलाबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको थियो । मोटरसाइकल चोरीको सूचना पाएपछि प्रहरी चौकी छोरेपाटनबाट खटिएको टोलीले सोही राति करिब ११ बजे पोखरा महानगरपालिका–१७, सिमलटुँडामा मोटरसाइकल फेला पारेको थियो । मोटरसाइकल पोखरा महानगरपालिका–७, मासबार निवासी ३१ वर्षीय सागर गुरुङले चलाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–७, मिलनचोक स्थायी घर भई… पुरा पढौ

पोखरामा कौडा खेल्दै गरेका ७ जना पक्राउ

कौडा
पोखरा, ३० असोज/ पोखरा महानगरपालिका–२६ विजयपुरमा कौडा खेल्दै गरेका सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज २९ गते राति करिब १२ः४५ बजे विजयपुरमा कौडा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ५७ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । पक्राउ परेका सातै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित,… पुरा पढौ

पोखरामा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिदा दुई जनाको मृत्यु

दुर्घटना
पोखरा, २९ असोज/ पोखरामा मोटरसाइकलले पैैदलयात्रीलाई ठक्कर दिदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई जनाको मृत्यु भएको हो । बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा –१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल विरौटामा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको… पुरा पढौ

पोखराको नदिपुरस्थित मासु पसलमा आगलागी

आगोलागि
पोखरा, २८ असोज/ पोखरा महानगरपालिका–३ नदिपुरस्थित एक मासु पसलमा ग्यास चुहिएर आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बर्दिया घर भई हाल नदिपुर बस्दै आएका ५५ वर्षीय लहरी चौधरीले सञ्चालन गरेको गुरुङसेती फ्रेस हाउसमा मासु पोल्ने क्रममा ग्यास लिगभई आगलागी भएको प्रहरीले जानकारी दिए । आगलागीको खबर प्राप्त हुनासाथ नदिपुरस्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी वरिष्ठ हवल्दार डम्मरबहादुर भट्टको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले… पुरा पढौ