बेल्जियममा निःशुल्क नेपाली भाषा पढाउँदै रुविना शर्मा

-


     क्लिक गण्डकी     
     कार्तिक २५ गते २०८१ मा प्रकाशित


रुविना शर्मा

रुविना शर्मा

पोखरा, २६ कात्तिक/ म्याग्दीमा जन्मिएर हाल परिवारसँगै बेल्जियम बसिरहेकी गैरआबासीय नेपाली संघ (एनआरएनए) बेल्जियम कि महासचिव रुविना शर्माले नेपाली भाषा पढाउन थालेकी छन् ।

बेल्जियममै जन्मिएका नेपाली सन्ततिलाई निःशुल्क नेपाली भाषा पठनपाठन थालेकी हुन् । १३ वर्षको उमेरमा परिवारसँगै बेल्जियम पुगेकी रुविनाले नेपाली भाषा संरक्षणमा तथा नेपाली भाषा संस्कृति पुनरुत्थानका निम्ति नयाँ पुस्तालाई नेपाली भाषा सिकाउन थालेको बताइन् ।

सामाजिक कामको हुटहुटी बोकेकी रुविनाले नेपाल छाड्न परेता पनि नेपाली भाषा, संस्कार र संस्कृतिको पुनरुत्थान र गैरआबासीय नेपाली सन्ततिसम्म भाषिक ज्ञान सुरक्षित राख्ने उद्धेश्यले अभियान थालेको बताइन् ।

“भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए राष्ट्र हराउँछ“ भने भाषा, संस्कार संस्कृति हराएमा राज्यका महत्पूर्ण आभूषण गुम्ने महसुस गरि भाषा, संस्कृति संरक्षण अभियान चलाएको रुविना शर्माको भनाईं छ ।

गैरआबासीय नेपाली संघ वेल्जियम महासचिव समेत रहेकी रुविनाले वेल्जियममा रहेका नेपाली आमाबाबुका ३० जना सन्ततिलाई विगत २ वर्षदेखि निःशुल्क नेपाली भाषा पढाईरहेकी छन् । यो अभियानलाई अझ बढाउदै लैजाने उनले बताइन् ।



Tags: