महाकुम्भमा भागदौड हुदाँ १० बढिको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ १६ गते २०८१ मा प्रकाशित


महाकुम्भमा भागदौड हुदाँ १० बढिको मृत्यु

महाकुम्भमा भागदौड हुदाँ १० बढिको मृत्यु

एजेन्सी, १६ माघ/ भारतमा लागेको महाकुम्भ मेलामा भागदौड मचिदा १० जना भन्दा बढिको मृत्यु भएको छ । दोस्रो अमृत स्नान पर्वको पूर्वमा मचिएको भागदौडमा १० भन्दा बढी मानिसको मृत्युको भारतीय संचार माध्यमले जनाएका छन् ।

आज औसीका कारण संगम क्षेत्रमा श्रद्धालुहरूको भीड धेरै बढेको थियो । अहिले पनि उद्धार चलिरहेको छ । घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेका छन् । विशेष सतर्कता अपनाउँदै अमृत स्नान रद्द गर्ने निर्णय गरेको छ ।

भगदड पछि पनि मानिसहरू कुनै पनि तरिकाले संगम तटतर्फ जान प्रयासरत छन् । साधु–सन्तहरूले मानिसहरूलाई संगम तट जान नपर्ने अपील गरेका छन् ।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भमा अहिलेसम्म लगभग १५ करोड मानिसहरूले गङ्गामा डुब्की लगाइसकेका छन् । आज औसीका दिन १० करोड भन्दा बढी श्रद्धालुहरूको आगमनको आशा गरिएको छ ।



Tags: