ब्राजिलमा जहाज दुर्घटना हुदाँ ६१ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण २६ गते २०८१ मा प्रकाशित


ब्राजिलमा जहाज दुर्घटना हुदाँ ६१ जनाको मृत्यु

ब्राजिलमा जहाज दुर्घटना हुदाँ ६१ जनाको मृत्यु

पोखरा, २६ साउन/ ब्राजिलको राज्य साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ ।
ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको अधिकारीले बताएका छन् ।

जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले उल्लेख गरेको छ ।

दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ ।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ, यो खस्दै जाँदा घुमिरहेको छ । एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए ।