
नेपाल–कोरिया सम्बन्ध छफलफः सञ्चय कोष, नेपाली वायुसेवा उडान सहित ६ बुँदे ध्यानाकर्षण
पोखरा, ४ मंसिर/ नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठको अवसरमा दुई देशको कूटनीतिक सम्बन्धबारे छलफल भएको छ ।
दक्षिण कोरियामा अन्य विदेशी नागरिकलाई उपलब्ध हुने योगदानमा आधारित सञ्चय कोष नेपाली नागरिकहरूलाई उपलब्ध गराउन नेपाल र कोरिया तर्फ रहेका कानूनी अवरोध र कानून सम्सोधनका विषयमा दुबै देशका प्रतिनिधिहरु सकारात्मक भएका छन् ।
दक्षिण कोरियामा नेपाल वायुसेवा निगमको उडानमा नेपाल र कोरियातर्फ रहेका कानूनी अवरोध हटाउन दक्षिण कोरियाका सम्बन्धित पदाधिकारीसँग नेपाली प्रतिनिधि मण्डलले छलफल गरेका छन् ।
नेपाल–कोरिया कूटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि नेपाली प्रतिनिधि मण्डलले पेन्सन प्रणाली, नेपाल फर्किएपछि पुनः एकीकरणका चुनौती, अप्रयुक्त व्यापार र आर्थिक सम्भाव्यता, जडान र उडान लागत, कूटनीतिक सम्बन्ध र आप्रवासी र अल्पसंख्यक अधिकारको विषयमा दक्षिण कोरियाको ध्यानाकर्षण गराएका थिए ।
कोरियामा भएको कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, माओवादी केन्द्रका केन्द्रीय सदस्य बिना मगरले छलफलमा भाग लिए ।
यस्तै, दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल तथा दक्षिण कोरियाको तर्फबाट दक्षिण कोरियाका राष्ट्रिय सभा सदस्य तथा संस्कृति, खेलकुद तथा पर्यटन संसदीय समितिको सभापति ली सँग–हेन, अन्तर्राष्ट्रिय मामिला/सम्झौता सेवा विभागका निर्देशक कांग सु योग नेपालका लागि दक्षिण कोरियाका पूर्वराजदुत पार्क जोंग सेओक, कोइका एशिया प्रशान्त क्षेत्र निर्देशक जो हान ग्याल, राष्ट्रिय सभाको सदस्य हांग की वोन, किम होङ गल, ई गे वोन, ई योङ वु, साथै दक्षिण कोरियाको राष्ट्रिय गौरवको कार्यक्रम बुसान एक्सपो २०३० उपप्रमुखको लगायत दुई देशको सम्बन्धका बारेमा छलफल गरेका थिए ।
“नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढकरण तथा सहयोग आदानप्रदानका लागि राष्ट्रिय सभामा को सभा हलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम”मा नेपाली प्रतिनिधि मण्डलले तपशिल अनुसारका बिभिन्न ६ वोटा प्रमुख बिषयमा दक्षिण कोरियाको ध्यानाकर्षण गराएको थियो।
१.Pension System: दक्षिण कोरियामा अन्य बिदेशी नागरिकलाई उपलब्ध हुने योगदानका आधारित संचय कोष नेपाली नागरिकलाई उपलब्ध गराउन नेपाल र कोरिया तर्फ रहेका कानुनी अवरोध र सो को निवारण।
२.Reintegration Challenges After Returning to Nepal: दक्षिण कोरियामा रोजगारका क्रममा लामो समय बिताएका नेपाली फिर्ति संगै उत्पन्न हुने बिबिध सामाजिक समस्याको निवारण, स्वाबलम्ब तथा सामाजिक पुनर्मिलनमा रहेको समस्या को समाधान।
३.Untapped Trade & Economic Potential: विभिन्न क्षेत्रहरू, विशेष गरी साना र ठूला उद्योगहरूमा सहकार्य।
४.Connectivity and Flight Costs: दक्षिण कोरियामा नेपाल वायुसेवा निगमको उडानमा नेपाल र कोरिया तर्फ रहेका कानुनी अवरोध र सोको निवारण, नेपालमा निर्माण भएका अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा प्रयोग, उडान शंख्या बृद्दी तथा हवाई भाडाको नियमन।
५.Diplomatic Relations: उच्चस्तरीय राजनीतिक भ्रमण र उच्चस्तरीय राजनीतिक मञ्चको स्थापना तथा अन्त राष्ट्रिय मंचमा सहकार्य तथा समान धारणाको निर्माण।
६.Migrants & Minority Rights: दक्षिण कोरियामा अल्पसंख्यकमा रहेका नेपाली समुदायको आफ्नो संस्कृति संरक्षण र आफ्नो परम्परा पालन गर्ने अधिकार।